Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ताप्लेजुङ गोल्डकप: टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन

2023 Sep 7 4:46 PM 26

विज्ञापन

Birat Cancer Hospital
ताप्लेजुङ गोल्डकप:  टिकट बिक्रीबाटै १८ लाख ७६ हजार सङ्कलन
ताप्लेजुङ, २१ भदौ । बुधबार सम्पन्न ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट रु १८ लाख बढी रकम सङ्कलन भएको छ । यही भदौ १४ देखि २० गतेसम्म सञ्चालित प्रतियोगिताको अवलोकनका लागि आएका दर्शकबाट रु १८ लाख ७६ हजार छ सय सङ्कलन भएको लाखे जात्रा खेल सञ्चालन समितिले जनाएको छ । बुधबार एकै दिन फाइनल प्रतियोगितामा पुगेका दर्शकबाट रु सात लाख ५५ हजार सङ्कलन भएको थियो । फाइनल प्रतियोगितामा तीन हजार सात सय ७५ दर्शकले टिकट खरिद गरेर खेलको अवलोकन गरेका थिए । प्रतियोगिताको पहिलो दिन रु एक लाख ७० हजार आठ सय, दोस्रो दिन रु एक लाख ३१ हजार सात सय, तेस्रो दिन रु एक लाख ७५ हजार छ सय, चौथो दिन रु एक लाख ७७ हजार सात सय र पाँचाँै दिन रु एक लाख ५८ हजार चार सय सङ्कलन भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो । यस्तै मङ्लबार भएको सेमिफाइनलको अन्तिम खेलमा रु तीन लाख ७४ हजार सङ्कलन भएको थियो । खेल अवधिभर नै जिल्ला र जिल्ला बाहिरबाट आएका दर्शकको घुइँचो नै लागेको थियो । यसपटकको प्रतियोगितामा करिब १० हजार दर्शकले अवलोकन गरेका छन् । लाखेजात्रामा आयोजना हुने हरेक वर्षका प्रतियोगितामा टिकट बिक्री गरिँदै आएको छ । खेल सञ्चालन गर्नका लागि खेलमैदान स्तरोन्नति गर्नुपर्ने, प्यारापिट निर्माण गर्नुपर्ने लगायतका कारण टिकट बिक्री गर्नुपर्ने बाध्यता रहेको आयोजकले जनाएको छ । यस वर्ष खेल मैदानको स्तरोन्नति र प्यारापिट निर्माणमा मात्रै अनुमानित रु आठ लाख बढी खर्च भएको बताइएको छ । यस्तै प्रतियोगिताका लागि विभिन्न सङ्घसंस्था, व्यक्तिबाट ठूलोमात्रामा सहयोग प्राप्त भएको आयोजकका अध्यक्ष देवराज गुरुङले बताउनुभयो । ऐतिहासिक फुटबल प्रतियोगितालाई निरन्तरता दिँदै पर्यटन प्रवद्र्धन, खेलकुदको विकासमा सहयोग पु¥याउन प्रतियोगिता आयोजना गरिएको र आगामी समयमा यसलाई थप परिस्कृत गर्दै निरन्तरता दिने उहाँको भनाइ छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?