Live
| आइतबार, जेठ २४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

2023 Sep 8 10:22 PM 17

विज्ञापन

Birat Cancer Hospital
हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै सबभन्दा ठूलो दलको नेतालाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै कार्की पुनः सरकारको नेतृत्वमा फर्किएका हुन् । संविधानको धारा १६८ ९३० अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले शुक्रबार नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । २४ पुस २०७९ मा एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका कार्कीसँग प्रष्ट बहुमत थियो । माओवादी, राप्रपा र जनता समाजवादी दल सरकारमा थिए, त्यसैले सहजै विश्वासको मत पाए । तर राष्ट्रपति चुनावसँगै केन्द्रमा समीकरण फेरियो । माओवादीले एमाले छाडेर कांग्रेससँग नयाँ समीकरण बनाएपछि प्रदेश सरकारहरू पनि संकटमा परे । जसपा र माओवादीले समर्थन फिर्ता लिएपछि कार्कीले १५ असारमा प्रदेशसभामा विश्वासको मत मागे । उनले ४६ मत मात्र पाए । जबकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्थ्यो । विश्वासको मत नपाएपछि कार्की स्वतः पदमुक्त भए ।त्यसपछि कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री भए । २१ असारमा सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री भएका उनको नियुक्ति सर्वोच्चले ११ साउनमा बदर गर्‍यो । सभामुखबाट बाबुराम गौतमलाई राजीनामा गराएर १६ भदौमा मुख्यमन्त्री भएका थापाले ४ भदौमा विश्वासको मत लिएका थिए । तर प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले गरेको मतदानलाई असंवैधानिक ठहर गर्दै सर्वोच्चले २१ भदौमा थापा मुख्यमन्त्रीबाट पदमुक्त भएको फैसला सुनायो । सर्वोच्चले ४८ घण्टाको समय तोकेर परमादेश नै दिएका कारण कार्की सहजै मुख्यमन्त्री भए । तर उनलाई पनि विश्वासको मत जुटाउन सहज छैन । किनकि ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्छ । कार्कीको दल एमालेसँग ४० मत छ । उसलाई ६ प्रदेश सांसद भएको राप्रपाले समर्थन गरेको छ । राप्रपाले समर्थन गरे पनि सहज छैन ।गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक प्रदेश सांसद छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो