Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार महासंघ कोशीको कार्यालयमा प्रेस चौतारीले लगायो ताला, सदस्यता शुद्धीकरणको नाममा मापदण्ड मिचेको आरोप

2023 Sep 10 3:47 PM 30

विज्ञापन

Birat Cancer Hospital
पत्रकार महासंघ कोशीको कार्यालयमा प्रेस चौतारीले लगायो ताला, सदस्यता शुद्धीकरणको नाममा मापदण्ड मिचेको आरोप
विराटनगर । प्रेस चौतारी नेपालमा आबद्ध कोशी प्रदेशका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता सुद्धीकरणका क्रममा विभेदपूर्ण हिसावले मनोमानी गरेको भन्दै चौतारीमा आबद्ध पत्रकारहरु आन्दोलित भएका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्ट नेतृत्वको समूहले आज  (आइतवार) पत्रकार महासंघ कोशी प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको छ । माग पूरा नभएसम्म महासंघको कार्यालयमा लगाएको तालाबन्दी कायमै रहने चौतारीका अध्यक्ष विष्टले चेतावनी दिनु भएको छ । जबसम्म कोशी प्रदेशमा कार्यरत श्रमजीवी तथा दक्ष पत्रकारहरुले सदस्यता पाउँदैनन् र सदस्यता पाएकाहरुको नविकरण गरिँदैन तबसम्म तालाबन्दी कायम रहने विष्टले जनाउनु भयो । समस्या समाधानका लागि चौतारी सदैव वार्ताका लागि तयार रहेको उहाँको भनाइ छ । पत्रकार महासंघले विभिन्न जिल्लाको सदस्यता शुद्धीकरणका नाममा मापदण्ड मिचेर नाम सिफारिस गरेको भन्दै कोशी प्रदेशमा चौतारी आन्दोलित छ । सदस्यता शुद्धीकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर नाम सिफारिस गरेको चौतारीको आरोप छ । पत्रकारको सदस्यता शुद्धीकरण तथा नविकरणका लागि पत्रकार महासंघमा पठाइएको नाम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने माग उसको छ । पूर्वाग्रही ढङ्गले, राजनीतिक आस्था भएकै कारण र गैरपत्रकारको समेत नाम शुद्धीकरणका लागि सिफारिस गरेको आरोप महासंघ र यसमा आाबद्ध पदाधिकारीलाई लगाइएको छ । महासंघको केन्द्रीय समितिले पारित गरेको १५ बुँदे मापदण्ड हु-बहु पालना हुनुपर्ने चौतारीको माग छ ।          

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न