Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल

2023 Sep 11 10:48 PM 26

विज्ञापन

Birat Cancer Hospital
धार्मिक तथा सामजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारको अपिल
विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीसमक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिँचाइ तथा ऊर्जा एवं स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बो (लिम्बू)द्वारा जारी विज्ञप्तिमा केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शृङ्खलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।
विज्ञप्तिमा विगत केही समययता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने, धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावलाई बिथोल्ने गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति कोशी प्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि अपिल गरिएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव बिथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा विषयको संवेदनशीलता र गाम्भीर्यतालाई ध्यानमा राखी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक तथा जातीय सङ्घसंस्था, सामाजिक सञ्जालका प्रयोगकर्ता र समाजका अग्रज व्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जाति एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न विज्ञप्तिमार्फत कोशी प्रदेश सरकारले हार्दिक अपिल गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?