Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ओलीले बालबालिका तथा किशोर किशोरीलाई भने- राजनीतिमा नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ

2023 Sep 16 6:59 PM 23

विज्ञापन

Birat Cancer Hospital
ओलीले बालबालिका तथा किशोर किशोरीलाई भने- राजनीतिमा नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गरेका छन् । ‘बासँग बालबालिका’ कार्यक्रमका सहभागीहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्व प्रधानमन्त्री ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताए । उनले नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न उनले आग्रह गरे । ओलीले भने– नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन । तपाईँहरू मेहनती बन्नुस् । ओलीले आफ्नो जीवनका धेरै भोगाइहरू बालबालिकालाई सुनाउँदै एक जना प्रहरीका डिएसपीले जेलबाट मार्ग लगेका बेला यस्तो देशभक्त व्यक्तिलाई मार्न हुँदैन भनेर माथिल्लो निकायमा लगेर बुझाइदिएकाले बाँच्न सफल भएको समेत सुनाए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले संयोजन गरेको कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?