Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)

2023 Sep 20 5:19 PM 44

विज्ञापन

Birat Cancer Hospital
समाजसेवी रुपेश खतिवडाद्वारा अरनिको माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण (तस्बिरहरु)
उर्लाबारी,२९ भदौ। उर्लाबारी नगरपालिका ८ स्थित अरनिको माध्यमिक विद्यालयमा शुक्रवार बाल दिवस मनाईएको छ । विशेष कार्यक्रमको आयोजना गरी विद्यालयको सभाहलमा बाल दिवस मनाइएको हो । सो अवसरमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत वितरण गरिएको प्रधानाध्यापक सुर्यमान सेरेङले जानकारी दिनुभयो । कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी उर्लाबारी ( ८ निवासी रुपेश खतिवडाले बाल कक्षादेखि ९ सम्मका १३ जना विद्यार्थीलाई एक सेट विद्यालय पोशाक र जनही  ५ सय रुपैयाँ नगद छात्रबृति वितरण गर्नुभयो । कक्षा प्रथम हुने विद्यार्थीलाई उहाँले छात्रबृति वितरण गर्नुभएको हो । उहाँले बिगत ७ वर्षदेखी छात्रबृति वितरण गर्दै आउनु भएको छ । खतिवडाले सोही विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको प्रोत्साहनका लागि प्रत्येकवर्ष आफुले छात्रवृति प्रदान गर्दै आएको खतिवडाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा सरकारले अझ बढी लगानी बढाउन आवश्यक रहेको बताउनु हुँदै खतिवडाले स्थानीय सरकार र अभिभावक मिलेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो । यस्तै सोही अवसरमा पम्फामाया अक्षयकोष छात्रृवृति कक्षा ८ की छात्रा अप्सरा लिम्बु र कक्षा ११ की ममता पौडेललाई तथा ढकमाया खतिवडा स्मृति अक्षयकोष छात्रवृति कक्षा १२ की बालकुमारी अधिकारी र कक्षा १२ कै सुजता विश्वकर्मालाई प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । बाल दिवसको दिन विद्यार्थीहरुको क्षमता प्रस्तुत गराउन कार्यक्रम गर्ने गरिएको प्रधानाध्यापक सेरेङले बताउनुभयो । कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।              

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला