Live
| सोमबार, जेठ २५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहमा : अख्तियार प्रतिवेदन

2023 Oct 12 7:48 AM 19

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहमा : अख्तियार प्रतिवेदन
विराटनगर । कोशी प्रदेशमा भ्रष्टाचार र अनियमितताका घटनाका उजुरी सबैभन्दा बढी स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सुरेश न्यौपानेले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पेश गरेको ३३ औँ प्रतिवेदनमा यस्तो विवरण उल्लेख गरिएको हो । ‘गत आर्थिक वर्षमा उजुरी दिएका निवेदनहरुमध्ये सबैभन्दा बढी स्थानीय तहका रहेका छन्,’ न्यौपानेले भने । ०७९\८० मा सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय, सुनसरीबाट ५०२, मोरङबाट ३८०, झापाबाट २१५, उदयपुरबाट १५७ रहेको छ । सबैभन्दा कम उजुरी भने तेह्रथुम जिल्लाबाट ४३ वटा परेको न्यौपानेको भनाइ छ । अख्तियारका अनुसार गतवर्ष झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयमा सेवाग्राहीबाट कर्मचारीले घुस लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएर विशेष अदालतमा आरोपत्र दायर गरिएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९\८० मा आयोगमा २० हजार ९०५ वटा उजुरी परेको थियो । जसमध्ये १८ हजार ७९९ उजुरी फर्छ्यौट भएको आयोग इटहरी कार्यालयका प्रमुख न्यौपानले जानकारी दिए । यो ६६।९८ प्रतिशत हो । आयोगले आर्थिक वर्ष ०७९\८० मा प्रारम्भिक छानबिनतर्फ जम्मा २४०७ उजुरी रहेकोमा सोमध्ये १६६४ फर्छ्यौट भई ६९.१३ प्रतिशत प्रगति हासिल भएको न्यौपानेले जनाए । जसमध्ये १५५ वटा उजुरीमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरीमाथि सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाएको छ । गत आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरु चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यक्षेत्र भित्र ताप्लेजुङ, पाँचथर, भोजपुर र संखुवासभाका प्रमुख जिल्ला अधिकारीलाई आयोगले अधिकार प्रत्यायोजन गरेको छ । आयोगको कार्यक्षेत्र भने कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र ओखलढुंगा बाहेकका ११ जिल्ला र मधेस प्रदेशको सप्तरी जिल्ला रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो