Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्था घाइतेले भरिए, थेग्न नसक्ने अवस्था

2023 Nov 4 8:41 AM 25

विज्ञापन

Birat Cancer Hospital
भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य संस्था घाइतेले भरिए, थेग्न नसक्ने अवस्था
१८ कात्तिक, खलंगा । शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु घाइतेले भरिएका छन् । मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् । उनका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ । नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ । अहिलेसम्म जिल्ला अस्पतालमा १०० जना बिरामी आएकोमा ३१ जनाको मृत्यु भएको उनले बताइन् । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीले बताइन् । ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । यसले गर्दा उद्धारमा समस्या भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?