Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शोकमा जाजरकोट–रुकुम पश्चिमका भूकम्पपीडितहरू, तिहारमा सुनसान

2023 Nov 15 5:37 PM 54

विज्ञापन

Birat Cancer Hospital
शोकमा जाजरकोट–रुकुम पश्चिमका भूकम्पपीडितहरू, तिहारमा सुनसान
काठमाडौँ । कात्तिक १७ गते राति गएको शक्तिशाली भूकम्पपछि जाजरकोट र रुकुम९पश्चिम०का बजार र ग्रामीण क्षेत्र सुनसान बनेका छन्। तिहारको मुखमा भूकम्पबाट १५३ जनाको मृत्युसँगै भौतिक संरचना ठुलो मात्रामा ध्वस्त भएपछि प्रभावित क्षेत्र सुनसान बनेको हो । गाउँ नै शोकमा डुबेकाले योपटक बजार र ग्रामीण क्षेत्रमा सुनसान देखिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले रातोपाटीलाई बताए । ‘बजार सुनसान छन् । यसअघि तिहारमा बत्तीले झिलीमिली हुन्थे । शोकको घडीमा योपटक तिहार मनाउने मुडमा कोही देखिँदैनन् । स्थिति अति नै कारूणिक छ,’ उनले भने, ‘चिसो अत्यधिक बढेसँगै जनतालाई कसरी बचाउने भन्ने चिन्ता थपिएको छ ।’ भूकम्पपीडितहरूलाई एकसरो त्रिपाल, कम्बल र केही राहत सामग्री दिए पनि चिसोबाट बचाउन स्थायी संरचना बनाउन समस्या देखिएको घर्तीले गुनासो पोखे । अस्थायी संरचना निर्माणका साथै पुनर्निर्माणका लागि सरकार र विभिन्न राजनीतिक दलसँग सहयोगका लागि अपिल गरेको उनले बताए । चिसोका कारण सुत्केरी, वृद्धवृद्धा बिरामी हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे । भेरी नगरपालिकाको १ र २ वडाका शतप्रतिशत घरहरू पूर्ण क्षति भएको भन्दै घर्तीले नगरभर ९० प्रतिशतको हाराहारीमा भौतिक संरचना पूर्ण क्षति भएको जानकारी दिए । भूकम्पमा परी सो पालिकामा ४२ जनाले ज्यान गुमाएका थिए । भूकम्प पुनर्निर्माणमा सहयोग गर्न एमाले निकट जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा स्वयंसेवक टोली आउन लागेको उनले बताए । त्यस्तै माओवादी केन्द्र, नेपाली कांग्रेसका नेताहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ । भूकम्पले सबैभन्दा बढी जनधनको क्षति भएको नलगाड नगरपालिकामा पनि अवस्था निकै दयनीय भएको प्रमुख डम्बरबहादुर राउतले दुखेसो पोखे । गाउँनै शोकमा डुबेकाले तिहारमा कुनै रमझम नदेखिएको उनले बताए । भूकम्पपीडितलाई अहिलेसम्म एकसरो कम्बल र त्रिपाल दिएको तर ती अपर्याप्त भएको राउतको गुनासो छ । जाडोबाट नागरिकलाई बचाउनका लागि तत्काल अस्थायी टहरा बनाउन बिहीबार सर्वदलीय बैठक बोलाएको उनले जानकारी दिए । ‘त्रिपालमुनि भूकम्पपीडित रात काट्न बाध्य छन् । चिसोले वृद्धवृद्धा, सुत्केरीहरू बिरामी पर्न थालेका छन् । करिब ९० प्रतिशत घर पूर्ण क्षति भएका छन् । नभत्किएको घर पनि परकम्पका कारण बस्न सकिएको छैन । अवस्था निकै दयनीय छ’, प्रमुख राउतले भने । भूकम्पमा परी उक्त नगरपालिकामा ५१ जनाले ज्यान गुमाएका थिए । सधैँ व्यस्त रहने बजार क्षेत्र भूकम्पले सुनसान भएको उनी बताउँछन् । ‘गाउँसहर चकमन्न छ । फाट्टफुट्ट खुलेका बजारका पसलमा किनमेल गर्न कोही गएका छैनन्’, राउतले भने, ‘ज्यान गुमाउने परिवारमा त शोकले यसै तिहार भएन, मृत्यु नभएका परिवारमा पनि कुनै उत्साह देखिँदैन ।’ यसअघि नगरपालिकाको १० नम्बर वडा रम्दास्थित भेरी करिडोर मार्गमा पर्ने बस्ती भूकम्पले गर्दा सुनसान भएको राउतले बताए । विगतमा यहाँ देउसीभैलो खेल्नेको निकै घुइँचो लाग्ने गरेको उनले जानकारी दिए । चिसो मौसम आउन लागेकाले तत्काल पीडितहरूलाई न्यानो कपडा, अस्थायी संरचना बनाउन सहयोग गर्न सरकार, राजनीतिक दलहरूसँग प्रमुख राउतले आग्रह गरेका छन् । यस्तै ७ जनाको मृत्यु भएको तथा १८ सय घर पूर्ण क्षति भएको जाजरकोटकै कुशे गाउँपालिकामा पनि अवस्था दयनीय भएको त्यहाँका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । हिमाली क्षेत्र भएकाले पीडितहरूलाई न्यानो कपडाको अभाव भएको उनले बताए । ‘एकसरो त्रिपाल र कम्बल प्राप्त भएको छ । तर सिङ्गल त्रिपाल भएकाले परिवार बस्न मुस्किल छ । हिमाली क्षेत्र भएकाले चिसो अत्यधिक बढेको छ । तत्काल न्यानो अस्थायी टहरा नबनाए समस्या विकराल बन्ने स्थिति छ’, त्यहाँको अवस्थाबारे उनले जानकारी दिए । भूकम्पपछि अवस्था त्रासदीपूर्ण भएकाले तिहारमा कुनै रमझम नभएको र गाउँघर सुनसान रहेको बस्नेत बताउँछन् । केही ठाउँमा बालबालिकाहरूलाई भुलाउनका लागि मात्र तिहार मानेजस्तो गरेका उनले बताए । २०७२ को भूकम्पबाट सरकारले पाठ नसिक्दा ठुलो क्षति भएको अध्यक्ष बस्नेतको गुनासो छ । जाजरकोटपछि भूकम्पले बढी क्षति भएको रुकुम९पश्चिम०मा पनि अवस्था सुनसान रहेको त्यहाँका जनप्रतिनिधिले बताए । एकसरो त्रिपाल, कम्बल तथा लत्ता कपडा पीडितहरूलाई वितरण गरे पनि अपर्याप्त रहेको सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताए । ‘पीडितहरूलाई दुःखमा पनि कसरी हसाउँने वा खुसी राख्ने भन्ने चिन्ता छ । अस्थायी पुनर्निर्माणका लागि बिहीबार बैठक राख्छौँ र तत्काल संरचना निर्माणमा लाग्छौँ’, अध्यक्ष बिष्टले भने । भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड, पूर्वअर्थमन्त्री एवं रुकुम९पश्चिम०का जनप्रतिनिधि जनार्दन शर्मा आफैँ आएको भन्दै उनले पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका छन् । यसैगरी ४४ जनाको ज्यान गएको आठबिसकोट नगरपालिका पनि भूकम्पका कारण सुनसान रहेको उपप्रमुख धनकुमारी शाहीले बताइन् । अहिलेसम्म नगरपालिकामा एकसरो त्रिपाल र कम्बल वितरण भएको उनले जानकारी दिइन् । शोकका कारण यस नगरपालिकामा तिहारको कुनै प्रभाव नपरेको उनले जानकारी दिएन् । विनाशकारी भूकम्पका कारण जाजरकोटमा १०१ जना र रुकुम९पश्चिम०मा ५२ जनाले जान गुमाएका थिए । तीबाहेक अन्य ६ जिल्लामा ठुलो मात्रामा भौतिक संरचना क्षति भएको छ । ३६० भन्दा बढी घाइते र अर्बौंको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कले देखाएको छ । राहत वितरणमा ढिलाइ हुँदा ठण्डी महिनामा चिसो त्रिपालभित्र पीडितहरूले रात काट्नुपर्ने अवस्था रहेको प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको गुनासो छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न