Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेका छन्'

2023 Nov 18 7:32 PM 61

विज्ञापन

Birat Cancer Hospital
'राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेका छन्'
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।राष्ट्रपति पौडेलले तनहुँ पुगेर कांग्रेसमा भोट हालेकामा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि सोही पार्टीको प्रतिनिधिका रूपमा पुगेको ओलीको भनाइ थियो । शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक्षतामाथि शंका रहेको बताए । उनले अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा राष्ट्रपति लागिपरेको आरोप पनि लगाए । राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना संविधानानुसार नचलेको उनले बताए । ‘भूकम्पपीडितको राहतमा खटिएका सेना र प्रहरीलाई काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको रु’ भन्दै ओलीले राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे । “राष्ट्रपति जाजरकोट किन जानुभएको रु कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्योभन्दा अगाडि नै खबर आइसकेको थियो– नेताहरूको भीडले, नेताहरूको चाकडीमा सेना, प्रहरी खट्नुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो,” ओलीले भने, “उहाँ ९राष्ट्रपति० अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरू उहाँहरूलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने, बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू रु उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो ।” उनले थपे, “म यो किन भन्दै छु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसमा भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरे नगरौँ । उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै अथवा संविधानानुसार सरकार चल्नुपर्ने, संविधानानुसार देश चल्नुपर्ने, संविधानानुसार राष्ट्रपति चल्नुपर्ने, संविधानानुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधानानुसार राज्यका निकायहरू चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरू लाग्नुभएको छ ।”

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला