Live
| मंगलबार, बैशाख ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

'राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेका छन्'

2023 Nov 18 7:32 PM 17

विज्ञापन

Biratkhavar
'राष्ट्रपति पौडेलले कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेका छन्'
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिका रूपमा काम गरिरहेको आरोप लगाएका छन् ।राष्ट्रपति पौडेलले तनहुँ पुगेर कांग्रेसमा भोट हालेकामा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि सोही पार्टीको प्रतिनिधिका रूपमा पुगेको ओलीको भनाइ थियो । शनिबार च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले सुरुदेखि नै राष्ट्रपति पौडेलको पदीय निष्पक्षतामाथि शंका रहेको बताए । उनले अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा राष्ट्रपति लागिपरेको आरोप पनि लगाए । राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना संविधानानुसार नचलेको उनले बताए । ‘भूकम्पपीडितको राहतमा खटिएका सेना र प्रहरीलाई काम गर्न नदिने गरी किन जाजरकोट जानुपरेको रु’ भन्दै ओलीले राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे । “राष्ट्रपति जाजरकोट किन जानुभएको रु कति मान्छे मरे भन्ने कुरा उहाँले सुन्नुभएको थियो । टेलिभिजन हेर्नै भएको थियो । कति घर भत्कियो भनेर सुन्नुभएकै थियो । कति के भयो भन्नु सुन्नुभएकै थियो । त्योभन्दा अगाडि नै खबर आइसकेको थियो– नेताहरूको भीडले, नेताहरूको चाकडीमा सेना, प्रहरी खट्नुपर्दा त्यहाँ उद्धार गर्न पाइएन भन्ने आएकै थियो,” ओलीले भने, “उहाँ ९राष्ट्रपति० अस्पतालमा बिरामी हेर्न जाने नाममा अस्पतालका सम्पूर्ण डाक्टरहरू उहाँहरूलाई ब्रिफ्रिङ गर्न आउनुपर्ने, बिरामी छोडेर आउनुपर्ने भन्ने कुरा थाहा नै थियो । अनि, माओवादी गए भनेर कांग्रेस भएर किन जानुपर्‍यो राष्ट्रपतिज्यू रु उहाँ राष्ट्रपति भएर त्यहाँ जानु भएन । त्यहाँ कांग्रेस छुट्यो भनेर जानुभयो ।” उनले थपे, “म यो किन भन्दै छु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रा बिगबिगी भएको बेला कांग्रेसमा भोट दिएकोमा धन्यवाद दिन्छु भन्ने भाषा बोल्नुभयो । कांग्रेसलाई भोट दिएकोमा, रुखमा भोट हालेकोमा उहाँले धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरे नगरौँ । उहाँको सम्बन्धमा थुप्रै कुराहरू आइसकेका छन् । एक वर्ष पुग्नुभन्दा अगाडि नै राष्ट्रपतिले आफ्नो क्रियाकलापहरू देखाइसक्नुभएको छ । अलोकतान्त्रिकता, पक्षपातपूर्ण, उहाँलाई संविधानको मतलब छैन । सुरुदेखि नै अथवा संविधानानुसार सरकार चल्नुपर्ने, संविधानानुसार देश चल्नुपर्ने, संविधानानुसार राष्ट्रपति चल्नुपर्ने, संविधानानुसार प्रधानमन्त्री चल्नुपर्ने, संविधानानुसार राज्यका निकायहरू चल्नुपर्ने । तर, संविधान सिध्याउने कुरामा उहाँहरू लाग्नुभएको छ ।”

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु