Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कार्यक्रममा ढिलो आएर छिटै जान खोजेपछि कोशीका मुख्यमन्त्रीविरुद्ध नाराबाजी

2023 Nov 30 9:39 PM 36

विज्ञापन

Birat Cancer Hospital
कार्यक्रममा ढिलो आएर छिटै जान खोजेपछि कोशीका मुख्यमन्त्रीविरुद्ध नाराबाजी
विराटनगर । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्। बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औं स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि सहभागीहरूले नाराबाजी गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी हिडे ।‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्परसम्बन्धी’ कार्यक्रमका प्रमुख अतिथि बनेका कार्की निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो पुगेका थिए । उनी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । उनी पुगेको केही समयपछि आयोजकले मुख्यमन्त्रीको व्यवस्तताका कारण जानु पर्ने भन्दै सम्बोधनका लागि समय दिए । तर, सहभागी किसानले उठेर आफ्ना कुरा सुन्नुपर्ने भन्दै होहल्ला गरे । पोडियममा पुगेका मुख्यमन्त्री कार्कीले मुख्य समस्या राख्नुहोस्, सुन्छु भन्दै बोल्ने समय दिए । तीन जना किसानले कुरा राखेपछि कार्कीले मैले कुरा बुझे, अब मेरो कुरा पनि सुन्नुहोस् भन्दै आग्रह गरे । तर, सहभागीहरुले उठेर होहल्ला र नाराबाजी गर्नथालेपछि मुख्यमन्त्री कार्की सम्बोधन नगरी हिडेका हुन् । दुग्ध किसान, डेरी सञ्चालक तथा उद्योग सञ्चालक सहभागिता रहेको कार्यक्रममा सहभागीहरु मुख्यमन्त्री ढिलो आएर छिटो जान खोजेको भन्दै आक्रामक शैलीमा प्रस्तुत भएका थिए ।सहभागीले होहल्ला भएपछि मुख्यमन्त्री कार्की सम्बोधन नगरी कार्यक्रमबाट बाहिरिएको कार्कीका सल्लाहकार लिलाबल्लभ घिमिरेले जानकारी दिए । ‘कार्यव्यस्तताका कारण उहाँ केही ढिलो पुग्नु भएको थियो, सम्बोधन गर्न खोज्दा किसानले आफ्ना कुरा सुन्नुपर्छ भनेपछि उहाँले समय दिनुभयो, तर उहाँले बोल्न खोज्दा होहल्ला भयो,’ उनले भने,‘ व्यस्तता रहनुभएका उहाँ त्यसपछि सम्बोधन नगरी बाहिरिनु भयो ।’ ‘दिगो विकास एवं समृद्ध नेपाल निर्माण, पशु विकासको आवश्यकता, प्रविधि र प्राविधिक जनशक्तिको सक्रियता आजको आवश्यकता’ भन्ने नारा दिएर कार्यक्रम आयोजना गरिएको थियो । तर, किसानले अराजक रुपमा प्रस्तुत भएपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?