Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अछामबाटओलीले भने- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो

2023 Dec 2 10:22 PM 46

विज्ञापन

Birat Cancer Hospital
अछामबाटओलीले भने- गठबन्धनले एमालेले थालेका जनपक्षीय काम रोक्यो
अछाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बाहेक अन्य पार्टी बाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।मध्य पहाडी लोकमार्ग पदयात्राको क्रम अछाम सदरमुकाम मंगलसेनमा आयोजित जन सभामा ओलीले अन्य पार्टीले वितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताएका हुन् । ‘अब देख्नु भएन सबै पार्टीको हबिगत’ ओलीले भने, ‘वितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । ‘ढिलोमा ०८४ को निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बरबाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्’ ओलीले भने, ‘नेकपा एमाले बाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’ पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।‘हरेक तहमा ५१ प्रतिशत भन्दा बढी एमालेको एक्लै हुनुपर्छ एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो आज समाप्त भएको छ ।’ पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए बताए ।नभएको राजतन्त्रको नाममा त्यस्ता तत्त्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप थियो ।अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठुलो भएको बताएका थिए । पहिलो सहिद बाकाबिर , किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रसंशा गरेका थिए । ओलीले मध्य पहाडी लोकमार्ग पदयात्रा विकास र समृद्धिको लागी प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेका भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?