Live
| मंगलबार, बैशाख ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न आग्रह

2023 Dec 12 9:21 AM 14

विज्ञापन

Biratkhavar
ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न आग्रह
काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको ईपीएस शाखाकार्यालयमा पाँच दिनदेखि प्रदर्शन भएको छ । ईपीएस शाखा कार्यालयले मेनुफेक्चर अर्थात् औद्योगिकतर्फ निकालेको आवेदनमा सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । ईपीएस प्रणाली अन्तर्गत एक विद्यार्थीले वर्षमा एक पटकमात्रै परीक्षा दिन पाइन्छ । यसअघि सीप बिल्डिङको परीक्षा दिएकामध्ये ४ हजार उत्तीर्ण भएका थिए भने २८ हजार अनुत्तीर्ण भएका थिए । तर ईपीएस शाखाले भाषा परीक्षा डिसेम्बरमै खोलेपछि ती अनुत्तीर्ण भएका २८ हजार विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । उनीहरूले सीप बिल्डिङमा फेल भएकाले फर्म भर्न पाउनुपर्ने, सन् २०२४ को फर्म खुला गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन थालेका हुन् । यसैबीच ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । विद्यार्थीका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको पनि कार्यालयले जनाएको छ । नेपालमा रहेको दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न कार्यालयले आग्रह गरेको हो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु