Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

संघीयताबारे नकारात्मक टिप्पणी गर्नु उपयुक्त हाेइन: एमाले अध्यक्ष ओली

2023 Dec 24 3:03 PM 57

विज्ञापन

Birat Cancer Hospital
संघीयताबारे नकारात्मक टिप्पणी गर्नु उपयुक्त हाेइन: एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे धेरै नकारात्मक टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन् । तर शक्ति र स्रोतको बाँडफाँटबारे भने गम्भीर छलफल गर्नुपर्ने उनले बताए । एमालेको झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीहरुसँग छलफल गर्दै एमाले अध्यक्ष ओलीले अभियानका क्रममा जनताले लोकतान्त्रिक प्रणाली बढी चासो र दृढता राखेको पाएको सुनाए । ‘अहिले संघीयतालाई सफल ढंगले कार्यान्वयन गर्न, त्यसलाई मजबुत बनाउन र सफल बनाउन कोसिस गर्नुपर्छ’, उनले अगाडि भने, ‘अहिलेको चरण त्यो हो । त्यस प्रयासमा हामी सबै लागिरहेका छौं ।’ यसमा (तीनै तहको सरकारले )आ-आफ्नो ठाउँमा राम्ररी काम सम्पादन गर्ने, जनतालाई सेवा र सुविधा पुर्‍याउने र जनताका समस्या समस्या समाधान गर्ने, विकासका काममा अगुवाइ गर्ने र भ्रष्टाचार नियन्त्रण गरेर संस्थाको औचित्यमाथि प्रश्न उठ्न नदिने ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘जनताको माग पनि त्यसप्रकार छ ।’ कुनै कुनै ठाउँबाट नामका प्रश्नमा झमेला खडा गरेको र कुनै ठाउँमा अरु प्रश्न उठाउने काम भएको भन्दै एमाले अध्यक्ष ओलीले यसबारे नेतृत्व तहमा गम्भीर छलफल गर्नुपर्ने बताए । उनले संघीयताका सन्दर्भमा वा शक्ति र स्रोतहरुको बाँडफाँटका सम्बन्धमा गरेका कामहरु कति फलदायी देखिए ? कति फलदायी नहुने अवस्था देखियो भनेर छलफल गर्नुपर्ने पनि बताए । ‘यो शक्ति विकेन्द्रीकरणको प्रश्न होइन, शक्तिको बाँडफाँटको प्रश्न हो’, उनले भने, ‘स्रोत साधानको बाँडफाँट भनेको सुशासनका लागि आवश्यक पर्ने आधारमा गर्ने हो, देशको विकास र जनताको सुविधाका लागि गर्ने हो ।’ संघीयता खारेज भइहाल्नुपर्छ वा अधिकार दिनुपर्छ भनेर सम्हाल्नै नसक्ने स्थिति बनाउनुपर्छ भन्नु दुबै अतिवादी सोच भएको उनले बताए । शक्ति र स्रोतको बाँडफाँटमा गम्भीर समस्या देखा परेको भन्दै उनले भने, ‘यसबारे गहिरिएर विचार गर्नुपर्छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला