Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की

2024 Jan 1 10:50 PM 56

विज्ञापन

Birat Cancer Hospital
पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की
मोरङ, १६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोमबार विराटनगरमाआयोजित प्रदेशसरकार, पर्यटन व्यवसायी र सरोकारवालाहरू बीच गरिएको नीति अन्तरक्रिया उहाँले सरकारले आवश्यक बजेट विनियोजन गरी पर्यटकीय क्षेत्रको विकास थालनी गरेको जानकारी दिनुभयो । पर्यटकहरुको आवागमन वृद्धि गर्न सरकारले व्यवसायीबीच साझा अवधारण कायम गर्ने विश्वास दिलाउँदै मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्द्धनका लागि व्यवसायीहरुको सुझावअनुसार ऐनमा संशोधन गर्ने बताउनुभयो । उहाँले पर्यटन व्यवसायी समेत सरकारको दूत रहेकाले संयुक्तरुपमा भारतको विहार, बङ्गालका यस क्षेत्रको पर्यटकीय स्थानका बारेमा प्रचारप्रसार गर्नुपर्ने सुझाव दिनुभयो । पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीको सुझावअनुसार विस्तृत गुरुयोजना बनाउने जानकारी दिनुभयो । मन्त्रालयका सचिव विकास घिमिरेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासका लागि सरोकारवालासँग निरन्तर छलफल चलाउने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका पर्यटन संयोजक भविष श्रेष्ठ, होटल व्यवसायी सङ्घ प्रदेश अध्यक्ष राजन श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराईलगायतले भारतीय पर्यटकलाई सहज आवागमन व्यवस्था एवं राति होटल सञ्चालनका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिनुभयो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला