Live
| मंगलबार, बैशाख ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

क्यानडाविरुद्ध नेपालको दोस्रो जित, तीन ब्याटरले अर्धशतक बनाए

2024 Feb 10 9:17 PM 24

विज्ञापन

Biratkhavar
क्यानडाविरुद्ध नेपालको दोस्रो जित, तीन ब्याटरले अर्धशतक बनाए
काठमाडौं । तीन ब्याटरको अर्धशतकप्रेरित नेपालले एकदिवसीय शृंखलाको दोस्रो खेलमा क्यानडाविरुद्ध चार विकेटको जित निकालेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै तीन खेलको शृंखला नेपालले अन्तिम खेलअगावै जितेको छ । पहिलो खेलमा नेपालले सात रनको जित निकालेको थियो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, देव खनाल र ओपनर अनिल साहले अर्धशतक बनाए । कप्तान रोहितले सर्वाधिक ८७ रन बनाए । १०१ बलमा आठ चौका र एक छक्का हिर्काएका रोहितलाई क्यानडाका कप्तान साद बिन जहादले विकेटकिपर मोभाबाट क्याच गराएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान रोहितको यो नवौँ अर्धशतक हो । ६४र२ को अवस्थाबाट रोहितले तेस्रो विकेटका निम्ति देव खनालसँग १५० रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि नेपालले बनाएको यो सबैभन्दा ठूलो साझेदारी समेत हो । चौथो नम्बरमा ब्याटिङमा आएका देवले ७६ रन बनाए । उनले ८१ बलमा सात चौका र दुई छक्का हिर्काए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देवको यो तेस्रो अर्धशतक हो । यस्तै, दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलले कीर्तिमानी ब्याटिङ गर्दै ५० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । योसँगै अनिल नेपाली टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने ब्याटर समेत बने । २०औँ बलमा क्यानडाका इश्वरजोत सोहीबाट एलबीडब्ल्यूको धरापमा परेका अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफले यसअघि २१ बलमा अर्धशतक बनाएका थिए । २५ वर्षीय अनिलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो अर्धशतक समेत हो ।अनिल र आसिफले २६ बलमा ५० रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुआत दिलाएका थिए । आसिफ १० रन बनाएर आउट भए । पाँचौँ नम्बरमा क्रिजमा पुगेका भीम सार्कीले २१ बलमा २३ रनको योगदान गरे । पवन सर्राफले १४ रन बनाए । क्यानडाका हर्ष थाकेर र इश्वरजोत सोहीले दुईरदुई विकेट लिए । कप्तान साद र दिलप्रित बज्वाले समान एक विकेट हात पारे । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो । क्यानडाका ओपनर जोन्सनले सर्वाधिक ६५ रन बनाए । उनले ६२ बलमा १० चौका र दुई छक्का प्रहार गरे । जोन्सनले पहिलो विकेटका निम्ति अर्का ओपनर नवतिन धलिवालसँग १८।२ ओभरमा ९४ रनको साझेदारी गर्दै क्यानडालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । धलिवालले ६० बलमा आठ चौकासहित ४६ रन बनाए । श्रेया मोभाले ४० र पर्गत सिंहले ३८ रन थपे । निकोलस किर्टोन र उदय भगवानले समान २० रन जोडे । दिलप्रिच बज्वाले १९ र साहिद अहमदजाईले १३ रन बनाए । क्यानडाबाट क्याटिङका निम्ति आएका १० मध्ये आठ ब्याटरले दोहोरो अंकमा रन जोडेका थिए । नेपालका कप्तान पौडेल र कुशल मल्ले समान दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र ‘डेब्युट्यान्ट’ आकाश चन्दले समान एक विकेट लिए । नेपाली सिनियर राष्ट्रिय टिमबाट पहिलो खेल खेलेका आकाशले पाँच ओभरमा ३१ रन खर्चिए । जितसँगै नेपालले तीन खेलको शृंखला अन्तिम खेलअगावै २–० ले जितेको छ । अब यी दुई टिमबीचको अन्तिम खेल आउँदो सोमबार हुनेछ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु