Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

2024 Feb 29 10:23 PM 40

विज्ञापन

Birat Cancer Hospital
त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा
पाँचथर । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा विहीबार सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११ फुटवल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मिका लागि तीन खेलाडीले गोल गरेका थिए भने झापा–११ का कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । आर्मीका सन्तोष केसी, दीपकुमार लामा र मानबहादुर आले मगरले गोल गरेका थिए । झापा–११ का पेमा लामा, विशाल तामाङ र रोजिन माझी गोल गर्न चुके । यसअघि खेलको ४३औँ मिनेटमा आर्मीका लागि दीपकुमार लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा झापा–११ का लागि प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । आजको खेलमा रेफ्री श्याम दनुवारले चार वटा पहेँलो कार्डको प्रयोग गरेका थिए । आजको खेलको उत्कृष्ट खेलाडी ९म्यान अफ दी म्याच० आर्मीका दीपकुमार लामा घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । आजको खेलमा उत्कृष्ट ढङ्गले समर्थन जनाउने फिदिम नगरपालिका–७ का निश्चल बाँस्कोटालाई ‘फ्यान अफ दी म्याच’ घोषित गरी रु दुई हजार ५०० पुरस्कार प्रदान गरियो । शनिबार फाइनलमा आयोजक पाँचथर क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?