Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली सुरु गर्यो

2024 Mar 14 6:34 PM 48

विज्ञापन

Birat Cancer Hospital
विराटनगर भन्सार कार्यालयले निर्यातमा अनलाइन प्रणाली सुरु गर्यो
विराटनगर । भन्सार विभागले विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणाली सुरु गरेको छ। देशका प्रमुख दश नाकामध्ये विराटनगर भन्सार कार्यालयबाट निर्यातमा अनलाइन प्रणालीको सेवा सुरु गरिएको हो । विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार भन्सार सहजीकरणमा पेपरलेस, फेसलेस र क्यासलेस अवधारणाअनुसार निर्यातलाई अनलाइन प्रणालीमा जोडिएको हो । अनलाइन प्रणालीमा चार प्रकारका कागजात निर्यातकर्ताले भन्सार कार्यालयको सिस्टममा अपलोड गरेपछि निर्यातकर्ता वा उसको प्रतिनिधि भौतिक उपस्थित भईरहनु पर्ने प्रमुख भन्सार अधिकृत ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्टममा प्याकिङ लिस्टसहितको बिजक, उत्पत्तिको प्रमाणपत्र वा जिएसपी (जेनरलाइज सिस्टम अफ प्रिफरेन्सेज) फर्म र भुक्तानीको कागजलाई अपलोड गर्नुपर्ने जानकारी दिनुभयो । तर, जिएसपी सुविधा भएका इयु, नर्वे, स्विटजरल्यान्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, टर्की बाहेक भारतमा निर्यात गर्दा भुक्तानी प्रमाािणत कागजात आवश्यक पर्दैन । जिएसपी सुविधाअन्तर्गत निर्यात गर्दा आयात गर्ने मुलुकले महसुल छुटको सुविधा दिएको हुन्छ । नेपालबाट निर्यात हुने उनको गलैँचा र गार्मेन्ट लगायतका मालवस्तुमा सुविधा छ । नेपाल र भारतका व्यवसायीबिच उधारो कारोबार हुने भएकोले भुक्तानीको कागजात अपलोड गर्न बाध्य नबनाइएको हो । जडिबुटीको निकासीमा वन कार्यालय र हस्तकलाका सामग्रीमा सम्बन्धित संघको सिफारिस जरुरी पर्नेछ। भन्सारको सिस्टममा अपलोड भएका कागजात परीक्षणपछि निर्यातकर्ताले राजस्व अनलाइनबाटै बुझाउन सक्नेछन् । निर्यातकर्ताले राजस्व बुझाएपछि अनलाइनबाटै निर्यातको प्रज्ञानपनपत्र प्रिन्ट गरेर निकाल्न सक्नेछ। भन्सार विभागले बिहीबारदेखि काकडभिट्टा नाकामा समेत यो प्रणाली चालु गरेको जानकारी छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न