Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश अधिवेशन ४३ सदस्यीय समिति चयन गर्दै सम्पन्न (तस्बिरहरुसहित)

2024 Mar 17 11:07 PM 29

विज्ञापन

Birat Cancer Hospital
भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश अधिवेशन ४३ सदस्यीय समिति चयन गर्दै सम्पन्न (तस्बिरहरुसहित)
उर्लाबारी । भट्टराई कुल वंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। मोरङको उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत)को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ । समितिको उपाध्यक्षमा मणिन्द्र भट्टराई सुनसरी, ओमप्रकाश भट्टराई झापा, महिला उपाध्यक्षमा रेनुका भट्टराई तेह्रथुम, सचिवमा चन्द्रप्रसाद भट्टराई मोरङ, सहसचिवमा भिमबाबु भट्टराई झापा र कोषाध्यक्षमा शिवप्रसाद भट्टराई मोरङ चयन भएका छन् । भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका तीन सय प्रतिनिधिको उपस्थिति रहेको थियो । सो अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?