Live
| बुधबार, बैशाख ९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राज्ञ तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन

2024 Mar 27 3:37 PM 31

विज्ञापन

Biratkhavar
प्राज्ञ तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो । उनका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय थिए । कर्मशील ब्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेखेका छन् । विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे । भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनको जागिरे जीवन सुरु भएको थियो । पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर निवृत्त भए । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष पढाए । पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरे । सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५०, उनकै विशिष्ट सम्पादनमा बरगाछी भन्ने पुस्तक प्रकाशन भयो । त्यो प्रतिबन्धित समय थियो । वीपी कोइरालाको सानिध्यमा रहेर उनले बरगाछी प्रकशन गरेका थिए । सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । विभिन्न लेखकहरूको दुई सय किताबमा उनले भूमिका लेखेका छन् । उनी डेढ सय संस्थामा आजीवन सदस्य थिए । मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उनको कृति हो । भाइ दिनेशराजले भने,आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र सामाजिक कार्यमा समर्पण गर्नु भएका दाजुले अन्य साहित्यकारहरूको संस्मरण समेटिएका दर्जनौं पुस्तक प्रकाशन गर्नु भएको छ । उहाँ साहित्यमा मोफसलकै खम्बा हुनुहुन्थ्यो ।” सुवेदीले जीवनकालमै आफ्नो नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार स्थापना गराइ हरेक वर्ष वितरण गर्दै आएका थिए ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु