Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेश सरकारको जिम्मेवारी अब एमालेका हिक्मत कार्कीको काँधमा

2024 Apr 7 10:12 PM 44

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेश सरकारको जिम्मेवारी अब एमालेका हिक्मत कार्कीको काँधमा
विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व अब नेकपा एमालेका हिक्मतकुमार कार्कीले गर्ने पक्कापक्की भएको छ । एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै कार्कीको नेतृत्वमा कोशी प्रदेश सरकार बन्ने भएको हो । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको छ । अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ । एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कुरिरहेको छ । एमाले कोशी स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि दाबी र संसद्को विशेष अधिवेशन माग गर्ने छुट्टाछुट्टै निवेदनको ड्राफ्ट तयार छ । प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको स्वीकार गरे । ‘हामी छलफलमा छौं, तीन पार्टीको छलफल हुन्छ,’ एमाले दलका नेता कार्कीले भने, ‘कुराकानी हुँदैछ, आजैका लागि प्रयास गरिंदैछ ।’ माओवादी केन्द्रले भने आफ्ना पार्टी नेताहरू विराटनगर बाहिर रहेकाले तत्काल हतार नगर्ने बताएको छ । माओवादी केन्द्रले सरकार गठनको खाका स्पष्ट हुनुपर्ने अडान राखेको छ । एमालेले तयार गरेको ड्राफ्टमा मुख्यमन्त्रीले काम गर्न नसकेका कारण संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिएको र बहुमत ५७ सांसदले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई प्रस्ताव गरेको उल्लेख छ । संसद्को विशेष अधिवेशन बोलाउने अर्को निवेदन पनि तयार छ । समर्थन फिर्ता र मुख्यमन्त्री दाबी प्रदेश प्रमुख समक्ष पेश गर्ने, प्रदेश सभा सचिवालयमा दर्ता गर्ने र सभामुखलाई पनि जानकारी गराउने तयारी छ। दाबी पेश गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीलाई तत्कालै नियुक्त गर्नुपर्ने एमालेको तर्क छ । तर नेकपा माओवादी केन्द्रले भने अन्य उपधारा अनुसार गठन भएको सरकारले विश्वासको मत लिनका लागि ३० दिन समय पाउने भएकाले उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीका लागि पनि ३० दिनसम्म पर्खनुपर्ने बताएको छ । माओवादीको अडानमा एमाले सकारात्मक छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?