Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विशेष अधिवेशन छल्ने दाउमा कोशीका मुख्यमन्त्री कार्की, संसद बोलाउन सिफारिस

2024 Apr 8 9:39 PM 53

विज्ञापन

Birat Cancer Hospital
विशेष अधिवेशन छल्ने दाउमा कोशीका मुख्यमन्त्री कार्की, संसद बोलाउन सिफारिस
विराटनगर । कोशी सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् । एमाले र माओवादीले संसदको विशेष अधिवेशन बोलाउन प्रदेशप्रमुख समक्ष माग गरेपछि प्रदेश सरकारले हतार-हतार डेढ महिनापछिका लागि प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको हो । मुख्यमन्त्री कार्यालयबाट सिफारिस पत्रमा चैत २६ गतेको मन्त्रिपरिषद्को निर्णयले अधिवेशन बोलाउन सिफारिस गरिएको उल्लेख छ । यसअघि एमाले माओवादीका ५३ जना प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गर्दै आजै प्रदेश प्रमुख खापुङसमक्ष विशेष अधिवेशनको माग गरेका हुन् । एमाले माओवादी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम कोशी प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका विभिन्न पदाधिकारीलाई संकल्प प्रस्तावमार्फत आवश्यक निर्देशन दिन आवश्यक रहेकाले धारा १८३ को उपधारा ३ बमोजिम अधिवेशनको माग गरेका हुन् । विशेष अधिवेशनको माग छल्न हतार हतार मुख्यमन्त्री कार्कीले जेठ ११ गतेका लागि संसद् बोलाएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?