Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु

2024 Apr 9 11:33 AM 50

विज्ञापन

Birat Cancer Hospital
सुनसरीको चतराधाममा आजबाट बाह्रवर्षे महाकुम्भ मेला सुरु
विराटनगर । सुनसरीको चतराधाममा आजबाट बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाको सुरु हुँदैछ । वराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्वार स्थित धार्मिक स्थल चतरा धाममा आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला सञ्चालन हुँदैछ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका संयोजक बालसन्त मोहन शरण देवाचार्यले जानकारी दिए । एक महिने मेलामा ४० लाखभन्दा बढी भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । उनीहरूको व्यवस्थापन र सुरक्षाको तयारी समेत पुरा भएको मेला मूल आयोजक समितिले जनाएको छ । कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवक समेत गरी दुई हजार भन्दा बढी सुरक्षाकर्मीहरू खटाइएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नानस्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नानस्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भन्डारा लगायत पार्किङको व्यवस्था गरिएको आयोजकले जनाएको छ । धार्मिक परम्परा तथा तीर्थाटनका हिसाबले महत्त्वपूर्ण रहेको सो महाकुम्भ मेलामा धेरैजसो नेपाल र भारतका भक्तजन सहभागी हुने मेला सहसंयोजक एवं वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । भारत बाहेक विभिन्न देशका साधु सन्त लगायत भक्तजनहरूको पनि सहभागिता रहने नगरप्रमुख कार्कीले बताए । वराहक्षेत्रको प्राचीन हरिद्वारा चतरा धाममा हरेक १२ वर्षमा एक महिने पूणर्महाकुम्भ मेला लाग्ने गरेको छ । यस्तै ६–६ वर्षमा अर्ध कुम्भ मेला समेत लाग्दै आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?