Live
| मंगलबार, बैशाख ८, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण

2024 Jun 23 9:14 AM 15

विज्ञापन

Biratkhavar
राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण
विराटनगर । राजधानी युवा क्लब विराटनगर –३ ले सामाजिक उतरदायित्व अन्तर्गत दुईसय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु सडकका छेउमा रोपेको छ । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य प्रवेशद्वार ढाटदेखि पूर्व करिव ५ सय मिटर सडकको उत्तर र दक्षिणतर्फ विभिन्न प्रजातीका दुईसय भन्दा बढी विरुवा रोपेको हो । विराटनगर महानगरपालिकाको सडक सौन्दर्यकरण गर्ने अभियानसँगै राजधानी युवा क्लबले कोशी राजमार्गको क्लबसम्म जाने बाटोलाई हरियाली सौन्दर्यकरण अभियान थालेको क्लबका अध्यक्ष राजु ढकालले बताएका छन् । विरुवा बढेसँगै सडकमा हरियाली हुने, अक्सिजनको मात्रा बढी हुने, जोसुकै खेलाडी पनि सडकमा अभ्यास दौडका लागि उत्सुक हुो, अरुभन्दा फरक क्लब र टोल बनाउने लक्ष्य राजधानी युवा क्लबले राखेको क्लबका संस्थापक तथा वरिष्ठ उपाध्यक्ष टेकबहादुर निरौलाले जानकारी दिए । प्रदेशको राजधानी विराटनगर छिर्ने मूल गेटमै दुई दर्जन ठूला ड्रमहरु माथि २० फिटदेखि ३० फिट उचाइ रहेको नेपाली झण्डा फर्फराइएको छ । जसले नेपालका विभिन्न ठाउँबाट कोशी प्रदेशको राजधानी छिर्नेहरुलाई मूल गेटमै स्वागत पाएको अनूभूती दिलाएको छ । प्रदेश सरकारले गर्नुपर्ने काम राजधानी युवा क्लबले उदाहरणीयरुपमा गरेर देखाएको भन्दै स्थानीय वडाबासी हरि केसीले प्रतिक्रिया दिएका छन् ।यो अभियानमा, क्लबका पदाधिकारीहरु, संस्थापक व्यक्तित्वहरु, क्लबका आजीबन सदस्यहरु, विराटनगर महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु,खेलाडीहरु, स्थानीयबासी,युवा,पत्रकारलगायतको सक्रिय सहभागिता रहेको थियो । मोरङ जिल्लामा सानाठूला गरेर दुई दर्जन भन्दा बढी ब्याडमिन्टन खेल्ने क्लबहरु छन् । ती मध्ये कोशी प्रदेशको राजधानी विराटनगरभित्र आधा दर्जन सुविधा सम्पन्न ब्याडमिन्टन हलहरु छन् । ती मध्ये प्रदेश सरकार र संघीय सरकारले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्दा यो हल प्रयोग गर्न सक्ने गरी सुविधा सम्पन्न हल बनाइएको क्लबका कार्यकारी सदस्य दिपक निरौलाले बताए । यस हलभित्र ब्याडमिन्टन खेल्नका लागि दुईवटा अन्तर्राष्ट्रिय स्तरको कोर्ट, भुईँ सतहमा उठाइएको म्याट र लाइन गएपनि उज्यालो रहने गरी लाइटिङ्को व्यवस्था गरिएको क्लबका संस्थापक स्थानीयबासी योगेन्द्र शर्माले जानकारी दिएका छन् । यसैगरी विहानै आउने खेलाडीलाई तातोचिसो पानी प्रयोग गर्नका लागि व्यक्तिगत तर्फबाट क्लबका कार्यकारी सदस्य कृष्ण विष्टले विगत वर्षहरु देखि नै निःशुल्क सहयोग गरिरहेका छन् । यस क्लबमा नेपाल प्रहरीका उच्च पदस्थ व्यक्तित्वहरु, संघीय तथा प्रदेश सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, संबैधानिक निकायका व्यक्तिहरु, सरकारी निबृतिभरण पाएका व्यक्तित्वहरु, सञ्चारकर्मीहरु, प्रदेश सरकार बहालवाला मन्त्रीहरु, प्रदेश सांसदहरु ब्यामिन्टन खेलिरहेका छन् । ब्याडमिन्टन क्बलले बेलाबेलामा रक्तदान, होली विशेष कार्यक्रम, तीज विशेष कार्यक्रममा सक्रिय सहभागिता जनाएर सहयोग गरिरहेको क्लबका अध्यक्ष राजु ढकालले बताए । केही समयभित्रै क्लबभित्र जिम खाना, बैठक हललगायत प्रयोगमा ल्याउने योजना रहेको अध्यक्षले बताए । योजना सफल बनाउन सबैले साथ सहयोग गर्न अपिल गरेका छन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु