Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण

2024 Jun 23 9:14 AM 62

विज्ञापन

Birat Cancer Hospital
राजधानी युवा क्लबले सौन्दर्यकरणका लागि सडकको दुबैतर्फ गर्यो वृक्षारोपण
विराटनगर । राजधानी युवा क्लब विराटनगर –३ ले सामाजिक उतरदायित्व अन्तर्गत दुईसय भन्दा बढी विभिन्न प्रजातीका विरुवाहरु सडकका छेउमा रोपेको छ । कोशी प्रदेशको राजधानी विराटनगरको मुख्य प्रवेशद्वार ढाटदेखि पूर्व करिव ५ सय मिटर सडकको उत्तर र दक्षिणतर्फ विभिन्न प्रजातीका दुईसय भन्दा बढी विरुवा रोपेको हो । विराटनगर महानगरपालिकाको सडक सौन्दर्यकरण गर्ने अभियानसँगै राजधानी युवा क्लबले कोशी राजमार्गको क्लबसम्म जाने बाटोलाई हरियाली सौन्दर्यकरण अभियान थालेको क्लबका अध्यक्ष राजु ढकालले बताएका छन् । विरुवा बढेसँगै सडकमा हरियाली हुने, अक्सिजनको मात्रा बढी हुने, जोसुकै खेलाडी पनि सडकमा अभ्यास दौडका लागि उत्सुक हुो, अरुभन्दा फरक क्लब र टोल बनाउने लक्ष्य राजधानी युवा क्लबले राखेको क्लबका संस्थापक तथा वरिष्ठ उपाध्यक्ष टेकबहादुर निरौलाले जानकारी दिए । प्रदेशको राजधानी विराटनगर छिर्ने मूल गेटमै दुई दर्जन ठूला ड्रमहरु माथि २० फिटदेखि ३० फिट उचाइ रहेको नेपाली झण्डा फर्फराइएको छ । जसले नेपालका विभिन्न ठाउँबाट कोशी प्रदेशको राजधानी छिर्नेहरुलाई मूल गेटमै स्वागत पाएको अनूभूती दिलाएको छ । प्रदेश सरकारले गर्नुपर्ने काम राजधानी युवा क्लबले उदाहरणीयरुपमा गरेर देखाएको भन्दै स्थानीय वडाबासी हरि केसीले प्रतिक्रिया दिएका छन् ।यो अभियानमा, क्लबका पदाधिकारीहरु, संस्थापक व्यक्तित्वहरु, क्लबका आजीबन सदस्यहरु, विराटनगर महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधिहरु, विभिन्न पार्टीका प्रतिनिधिहरु,खेलाडीहरु, स्थानीयबासी,युवा,पत्रकारलगायतको सक्रिय सहभागिता रहेको थियो । मोरङ जिल्लामा सानाठूला गरेर दुई दर्जन भन्दा बढी ब्याडमिन्टन खेल्ने क्लबहरु छन् । ती मध्ये कोशी प्रदेशको राजधानी विराटनगरभित्र आधा दर्जन सुविधा सम्पन्न ब्याडमिन्टन हलहरु छन् । ती मध्ये प्रदेश सरकार र संघीय सरकारले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता गर्दा यो हल प्रयोग गर्न सक्ने गरी सुविधा सम्पन्न हल बनाइएको क्लबका कार्यकारी सदस्य दिपक निरौलाले बताए । यस हलभित्र ब्याडमिन्टन खेल्नका लागि दुईवटा अन्तर्राष्ट्रिय स्तरको कोर्ट, भुईँ सतहमा उठाइएको म्याट र लाइन गएपनि उज्यालो रहने गरी लाइटिङ्को व्यवस्था गरिएको क्लबका संस्थापक स्थानीयबासी योगेन्द्र शर्माले जानकारी दिएका छन् । यसैगरी विहानै आउने खेलाडीलाई तातोचिसो पानी प्रयोग गर्नका लागि व्यक्तिगत तर्फबाट क्लबका कार्यकारी सदस्य कृष्ण विष्टले विगत वर्षहरु देखि नै निःशुल्क सहयोग गरिरहेका छन् । यस क्लबमा नेपाल प्रहरीका उच्च पदस्थ व्यक्तित्वहरु, संघीय तथा प्रदेश सरकारका उच्च पदस्थ व्यक्तित्वहरु, संबैधानिक निकायका व्यक्तिहरु, सरकारी निबृतिभरण पाएका व्यक्तित्वहरु, सञ्चारकर्मीहरु, प्रदेश सरकार बहालवाला मन्त्रीहरु, प्रदेश सांसदहरु ब्यामिन्टन खेलिरहेका छन् । ब्याडमिन्टन क्बलले बेलाबेलामा रक्तदान, होली विशेष कार्यक्रम, तीज विशेष कार्यक्रममा सक्रिय सहभागिता जनाएर सहयोग गरिरहेको क्लबका अध्यक्ष राजु ढकालले बताए । केही समयभित्रै क्लबभित्र जिम खाना, बैठक हललगायत प्रयोगमा ल्याउने योजना रहेको अध्यक्षले बताए । योजना सफल बनाउन सबैले साथ सहयोग गर्न अपिल गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला