Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जिल्ला प्रहरी कार्यालय मोरङको एसपीमा नारायण चिमरिया

2024 Oct 22 10:32 AM 45

विज्ञापन

Birat Cancer Hospital
जिल्ला प्रहरी कार्यालय मोरङको एसपीमा नारायण चिमरिया
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी नारायण चिमरिया  आएका छन् । प्रहरी उपरीक्षक चिमरिया  हाजिर हुने बित्तिकै मातहतका कार्यालयहरूको निरीक्षणमा गएका छन् । उनीअघिका प्रहरी उपरीक्षक नवराज कार्की आर्थिक अनियमितातामा जोडिएपछि अवधि अगावै प्रहरी प्रधान कार्यालयमा तानिएकाले उनको स्थानमा चिमरिया आएका हुन् । चिमरिया अघि राजन लिम्बूलाई मोरङ प्रहरीको प्रमुखमा पठाउने प्रहरी प्रधान कार्यालयको निर्णय उल्टिएको छ । चिमरिया प्रहरी सेवामा प्रवेश गरेको २६ औं वर्षमा १२ औं कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका छन् । संयुक्त राष्ट्रसंघको दुई वटा स्टिमोर तथा हाइटी मिशनको अनुभव सम्हालिसकेका उनी प्रदेशको राजधानी रहेको मोरङको कार्यालय प्रमुख हुनुअघि ११ वटा कार्यालयका प्रमुख भइसकेका अनुभवी ब्यक्ति हुन् । २०५५ सालमा सेवा प्रवेश गरेपछि प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी बिर्तामोड, दमक, चक्रघट्टी, दुहबी र छोटो अवधी रानीको कार्यालय प्रमुख भए । धनुषा र धादिङमा ट्राफिक प्रहरी प्रमुख भएर पनि उनले काम गरे । नायव उपरीक्षक भएपछि सोलुखुम्बु, खोटाङ तथा बानेश्वरमा कार्यालय प्रमुख भएर सफलतापूर्वक नेतृत्व गरेका थिए । उपरीक्षकमा बढुवा भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगर बसेका उनी गत वर्ष विशेष सुरक्षा गण दुहबीको नेतृत्वमा गएका थिए । एउटा कार्यालय नेतृत्वबाट तत्काल अर्को नेतृत्वमा जान क्षमतावान बाहेक कमै अधिकृतले पाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयमा रहेर उनले मोरङको राजनीति र अवस्था अध्ययन गरिसकेका छन् । झापाको गौरादहमा जन्मिएर माध्यमिक शिक्षा त्यही लिएका उनले उच्च शिक्षा सुकुना क्याम्पस र काठमाडौमा लिएका थिए । हाल इटहरी स्थायी बसोबास भएका उनीसँग जनआन्दोलन र मधेस आन्दोलनमा सुरक्षा दिन नेतृत्वदायी भुमिका निर्वाह गरेको अनुभव पनि छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?