Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जिल्ला प्रहरी कार्यालय मोरङको एसपीमा नारायण चिमरिया

2024 Oct 22 10:32 AM 78

विज्ञापन

Birat Cancer Hospital
जिल्ला प्रहरी कार्यालय मोरङको एसपीमा नारायण चिमरिया
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा एसपी नारायण चिमरिया  आएका छन् । प्रहरी उपरीक्षक चिमरिया  हाजिर हुने बित्तिकै मातहतका कार्यालयहरूको निरीक्षणमा गएका छन् । उनीअघिका प्रहरी उपरीक्षक नवराज कार्की आर्थिक अनियमितातामा जोडिएपछि अवधि अगावै प्रहरी प्रधान कार्यालयमा तानिएकाले उनको स्थानमा चिमरिया आएका हुन् । चिमरिया अघि राजन लिम्बूलाई मोरङ प्रहरीको प्रमुखमा पठाउने प्रहरी प्रधान कार्यालयको निर्णय उल्टिएको छ । चिमरिया प्रहरी सेवामा प्रवेश गरेको २६ औं वर्षमा १२ औं कार्यालय प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्न आएका छन् । संयुक्त राष्ट्रसंघको दुई वटा स्टिमोर तथा हाइटी मिशनको अनुभव सम्हालिसकेका उनी प्रदेशको राजधानी रहेको मोरङको कार्यालय प्रमुख हुनुअघि ११ वटा कार्यालयका प्रमुख भइसकेका अनुभवी ब्यक्ति हुन् । २०५५ सालमा सेवा प्रवेश गरेपछि प्रहरी निरीक्षक हुँदा इलाका प्रहरी बिर्तामोड, दमक, चक्रघट्टी, दुहबी र छोटो अवधी रानीको कार्यालय प्रमुख भए । धनुषा र धादिङमा ट्राफिक प्रहरी प्रमुख भएर पनि उनले काम गरे । नायव उपरीक्षक भएपछि सोलुखुम्बु, खोटाङ तथा बानेश्वरमा कार्यालय प्रमुख भएर सफलतापूर्वक नेतृत्व गरेका थिए । उपरीक्षकमा बढुवा भएपछि प्रदेश प्रहरी कार्यालय विराटनगर बसेका उनी गत वर्ष विशेष सुरक्षा गण दुहबीको नेतृत्वमा गएका थिए । एउटा कार्यालय नेतृत्वबाट तत्काल अर्को नेतृत्वमा जान क्षमतावान बाहेक कमै अधिकृतले पाउने गरेका छन् । प्रदेश प्रहरी कार्यालयमा रहेर उनले मोरङको राजनीति र अवस्था अध्ययन गरिसकेका छन् । झापाको गौरादहमा जन्मिएर माध्यमिक शिक्षा त्यही लिएका उनले उच्च शिक्षा सुकुना क्याम्पस र काठमाडौमा लिएका थिए । हाल इटहरी स्थायी बसोबास भएका उनीसँग जनआन्दोलन र मधेस आन्दोलनमा सुरक्षा दिन नेतृत्वदायी भुमिका निर्वाह गरेको अनुभव पनि छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला