Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशको शिक्षामा अग्रणी बिद्यालय–अर्किटको वक्तृत्वकलामा बिशिष्टहरुको घुईचो

2024 Dec 4 10:44 AM 47

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशको शिक्षामा अग्रणी बिद्यालय–अर्किटको वक्तृत्वकलामा बिशिष्टहरुको घुईचो
बिराटनगर / कोशी प्रदेशको शिक्षाक्षेत्रमा अग्रणी तथा सबै बिद्यार्थीहरुको रोजाई रहेको विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् । यस कार्याक्रममा बिशिष्टहरुको घुईचो समेत लागेको थियो । कार्याक्रम स्तरीय हुनु नै बिशिष्टहरुको आगमनले देखाउछ । बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् । ‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित प्रतिस्पर्धामा सरोज पौडेल द्वितीय हुँदा दीपेन ताजपुरिया तृतीय भए । पत्रकार मीनकुमार नवोदित, कलेजका निर्देशक दीपेश बास्तोला रसन्तोष अधिकारी रहेको निर्णायक समितिले प्रतिस्पर्धी विद्यार्थीहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो । विद्यार्थीहरूको सर्वाङ्गिण विकास गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य सीएम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमुख निर्णायक निर्देशक बास्तोला, प्राचार्य श्रेष्ठ, निर्देशक मनिष भट्टराईलगायतले अविर र माला लगाएर पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धाबाट प्रथम हुन सफल शर्मिष्टाले यही मंसिर २८ गते विराटनगरमा आयोजना हुने अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा सहभाागिता जनाउने अतिरिक्त क्रियाकलापका संयोजक मनोज तिवारीले जानकारी दिए । कलेजमा अध्ययनरत १३ सय विद्यार्थीमध्ये ३० जनाबीच आन्तरिक प्रतिस्पर्धा गरिएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट ५ जनामध्येबाट जिल्लास्तरको प्रतियोगितामा भाग लिने विद्यार्थी छनोट गरिएको हो । विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापनलगायतका विषय पठनपाठन हुने अर्किटले बेला–बेला कविता, निबन्ध, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य श्रेष्ठको भनाइ छ । पठनपाठनसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि कलेजले कुनै कमी हुन नदिएको उनले बताए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न