Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोजपुरको लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

2024 Dec 29 1:33 PM 37

विज्ञापन

Birat Cancer Hospital
भोजपुरको लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
काठमाडौं । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो । कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको रु तीन करोड दुई लाख लागतमा पुल निर्माण भएको हो । लम्सुवाघाटमा सङ्घीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो । करिब रु चार करोड लागतमा सात वटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो । प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरेको हो । झोलुङ्गे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। ुलम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो,प्रमुख रेड्डीले भने,यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ । भोजपुरको षडानन्द नगरपालिका–६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुङ्गा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता थियो । स्थानीयवासी हिउँदको समयमा काठको डुङ्गा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए । आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो । पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। पुल निर्माणले षडानन्द नगरपालिका–६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिए। लम्सुवाघाटमा सङ्घीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो, वडाध्यक्ष विसुन्केले भने,पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो । अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुङ्गे पुल निर्माणले हामीलाई राहत मिलेको छ । नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुङ्गे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए। यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उनको भनाइ छ। पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए। विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?