Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’ : मुख्यमन्त्री कार्की

2024 Dec 29 4:17 PM 53

विज्ञापन

Birat Cancer Hospital
‘सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्न आवश्यक छ’ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको जनाएका छन्। नेपाल बार एशोसिएसन महिला कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय सम्मेलनको आज समापन कार्यक्रममा उनले न्यायसम्पादन, सरकारी क्षेत्र र सङ्घसंस्थामा महिलाको सहभागिता वृद्धिका लागि विशेष प्रोत्साहन गरी अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको कार्य क्षेत्राधिकार परेमा महिला कानुन व्यवसायीहरूको विराटनगर घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले महिला इमान्दार र सक्षम हुनाले महिलाहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले महिलाले घरसँगै समाज र राष्ट्रलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विचार राखेका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेशले विसं २०८२ मा मनाइने पर्यटन वर्षमा महिला कानुन व्यवसायीहरूको राष्ट्रियस्तरको कार्यक्रम यस क्षेत्रमा गर्न आग्रह गर्दै यसमा सरकारले विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय पालिकालाई महिला कानुन व्यवसायी राख्न सुझाव दिँदै यसबाट पालिकाको न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विराटनगरमा निर्माण गर्ने संरचनामा एउटा अन्तर्राष्ट्रियस्तरका सभाहल बनाउने योजनासहित काम भइरहेको जानकारी दिए। नेपाल बार एशोसिएसन कानुन व्यवसायी महिला समितिका अध्यक्ष आशा राई, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता चूडामणि आचार्य र नेपाल बारका पूर्वकेन्द्रीय सदस्य कविता बस्नेत थापालगायत वक्ताले महिलालाई कानुन व्यवसायीहरूमा आउनका लागि प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए । वरिष्ठ अधिवक्ता कविता बस्नेतले विराटनगर राष्ट्रिय सम्मेलनको ३१ बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए । सो अवसरमा मुख्यमन्त्री कार्कीलाई महिला कानुन व्यवसायी समितिका अध्यक्ष राईले ३१ बुँदे घोषणापत्र हस्तान्तरण गरेकि थिईन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?