Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शान्ति सुरक्षामा सशस्त्र प्रहरीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की

2025 Jan 22 12:43 PM 81

विज्ञापन

Birat Cancer Hospital
शान्ति सुरक्षामा सशस्त्र प्रहरीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १ बाहिनी मुख्यालय पकलीको २४औँ स्थापना दिवसका अवसरमा इटहरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद्का समयमा उद्धारमा देखिआएको सक्रियता, समाजमा शान्ति स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सीमापोस्ट र कतिपय ठाउँमा भवनहरू नहुँदा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका उल्लेख्य रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने, ‘कोरोना महामारीका समयमा सीमा क्षेत्रमा र विपद् आउँदा अग्र भागमा खटिएर निर्वाह गरेको भूमिकाले प्रशंसायोग्य छ ।’ उनले सीमित स्रोत साधनका बीच सीमा क्षेत्रमा सुरक्षार्थ खटिएर राजस्व सङ्कलन वृद्धि गर्न र विपद् व्यवस्थापन कुशलतापूर्वक गरिरहेकोमा प्रशंसा गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ५२ वटा सीमापोस्ट निर्माण गरेको जानकारी दिँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘दुई ठूला देशको बीचमा नेपाल रहेको छ । भारतसँग खुला सीमा रहेकाले आपसी समन्वय र सहकार्यमार्फत मुलुकलाई लाभ हुने गरी काम गर्नुपर्दछ’, उनले भने । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरीले विभिन्न अवरोध र अप्ठ्याराहरू सामना गर्दै जनताको सेवा गरी यहाँसम्म आइपुगेको बताए । प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापाले सशस्त्र प्रहरीले गरिरहेको कामका विषयमा कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र प्रहरीलाई सम्मान गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला