Live
| मंगलबार, फागुन २६, २०८२
EN
arya newro
BiraKhabar
समाचार

सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो

Jan 22, 2025 7:02 AM
सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो
विराटनगर । सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस नौ अमेरिकी डलर बढेर दुई हजार ७५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।
Dhoni Sabuun