Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सुनसरी जिल्लाले कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि

2025 Feb 3 5:24 AM 45

विज्ञापन

Birat Cancer Hospital
सुनसरी जिल्लाले कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि
विराटनगर । विराटनगरमा भएको कोशी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी प्रथम हुँदै उपाधि जितेको हो । त्यस्तै मोरङले ६ स्वर्ण, ३ रजत, ५ कास्य पदक जित्दै द्वितीय र झापाले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ तृतीय स्थान भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मञ्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई भए । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), बोर्डकी सदस्य थल गुरुङ, विराटनगर महानगरपालिका ४ का वडाध्यक्ष जितेन थापा, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, संघका उपाध्यक्षद्वय प्रभुनारायण शिवाकोटी र चतुरलाल चौधरीलगायतल पुरस्कार प्रदान गरे । शनिबार र आइतबार भएको प्रदेश स्तरीय प्रतियोगितामा एकल पुरुष÷महिला प्याटन र एकल पुरुष÷महिला स्पायरिङका इभेन्टमा मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर र आयोजक टिमका विभिन्न उमेर समूहर र बेल्टका १ सय १७ जना खेलाडीसहित प्रशिक्षक र टिम व्यवस्थापन गरी १३५ जनाको सहभागिता रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?