Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रदेश सरकारले गर्ने लगानी सम्मेलन सफल पार्न र लगानी भित्राउन सबैको सहयोग चाहिन्छ–मुख्यमन्त्रि हिक्कमत कार्की

2025 Feb 3 8:04 PM 67

विज्ञापन

Birat Cancer Hospital
प्रदेश सरकारले गर्ने लगानी सम्मेलन सफल पार्न र लगानी भित्राउन सबैको सहयोग चाहिन्छ–मुख्यमन्त्रि हिक्कमत कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्र्कीले बिराटनगरमा सन्चालन भएको एक्स्पोको समापन कार्याक्रममा स्वदेशी उत्पादित सामाग्री प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने बताउनु भएको छ । उद्योग संगठन मोरङद्वारा आयोजित, –‘ विराट एक्स्पो–२०२५’ को समापनका अवसरमा विभिन्न उद्यमी र व्यापारीलाई सम्मान गर्दै उनले स्वदेशी उत्पादन प्रयोगले राष्ट्रिय पूँजीको विकास हुनका साथै मुलुकमा समृद्धि कायम हुने बताए । एक्स्पो आयोजनाले यस क्षेत्रमा उद्योग स्थापनामा आकर्षण वृद्धि भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उद्योग स्थापनाका लागि आवश्यक नीति, कानूनको व्यवस्था गर्नुका साथै उद्यमीहरुसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त्त गरे । उनले प्रदेश सरकारले आगामी विस २०८२ वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनका लागि तयारी शुरु गरेको जानकारी दिदै यसको सफलताका लागि विभिन्न उद्योग संघसंगठनलाई आग्रह गरे । उद्योगी व्यापारीहरुले जग्गा उपलव्ध गराएमा विराटनगरमा स्थायीरुपमा प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिवद्धता मुख्यमन्त्री कार्कीले गरे । सङ्घीय उद्योग सचिव कृष्णबहादुर राउतले विदेशी मुद्रा सञ्चीतका लागि आयात प्रतिस्थापना उद्योग स्थापना गर्न उद्यमीहरुलाई आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले खस्किएको आर्थिक अवस्थालाई चलायमान बनाउन यो एक्स्पोले निकै मद्दत पु¥याएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, एक्स्पोका संयोजक भोलेश्वर दुलालले यस क्षेत्रका बजार चलायमान गर्न एक्स्पोले सहयोग गरेको बताउनु भयो । यही माघ १२ गतेदेखि एक्स्पो सञ्चालन भएको थियो । एक्स्पोमा २ सय ६८ बटा स्टलमा स्वदेशी तथा भारत, बङ्लादेश, पाकिस्तानका उत्पादनहरु राखिएको थियो । एक्स्पोमा स्वदेशी तथा छिमेकी भारतीय नागरिक गरी दुई लाख ५९ हजारले अवलोकन गरेको अनुमान आयोजकले गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?