Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण

2025 Feb 8 4:21 PM 80

विज्ञापन

Birat Cancer Hospital
गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानद्वारा न्यानो कपडा र स्टेशनरी वितरण
विराटनगर / गंगाबहादुर–धनमाया स्मृति प्रतिष्ठानले विद्यार्थीलाई न्यानो कपडासहित स्टेशनरी सामग्री वितरण गरेको छ । प्रतिष्ठानले खोटाङ जिल्लाको दिप्रुङ–चुइचुम्मा गाउँपालिका वडा नम्बर ४ इँजारास्थित श्री राम्चे निकेतन माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई विद्यालयमै पुगेर न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष कवि एवं पत्रकार मीनकुमार नवोदितले जानकारी दिए । कक्षागत परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री प्रदान गरिएको थियो । १ देखि १० कक्षासम्म अध्ययन गर्ने रोल नम्बर ५ सम्मका ५० जना विद्यार्थीलाई कापी, कलम र पेन्सिल प्रदान गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । कार्यक्रममा अध्यक्ष नवोदितसहित प्रतिष्ठानका उपाध्यक्ष रेवन्त श्रेष्ठ, कोषाध्यक्ष बब्लुता शाक्य, सदस्य हीरा श्रेष्ठ, मीना श्रेष्ठ, रीना श्रेष्ठ, भानु श्रेष्ठ, मीना श्रेष्ठ, पूर्ण श्रेष्ठलगायत पदाधिकारी र सदस्यहरुले उक्त सामग्री वितरण गरेका थिए । सोही अवसरमा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । विद्यालयको पुस्तकालयका लागि प्रतिष्ठानका अध्यक्ष नवोदितले विभिन्न विधाका १५ थान पुस्तक प्रधानाध्यापक ईश्वर लम्साललाई प्रदान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको छ । आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयका भएका कारण सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रोत्साहित होउन् भनेर विगतदेखि नै न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गर्दै आएको नवोदितले बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला