Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बढ्दो भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको छ- सांसद डा. शेखर कोइराला

2025 Feb 17 9:02 AM 55

विज्ञापन

Birat Cancer Hospital
बढ्दो भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको छ- सांसद डा. शेखर कोइराला
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा देश बद्नाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ ।’ नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नुले लज्जाको विषय भएको उनको टिप्पणी थियो । नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए । देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे । सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए । ‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थपे, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो । विदेशी आएर बनाउने होइन । त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ ।’ कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले ५ सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए । उनले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै उत्पादित जनशक्तिले रोजगारी पाउने दाबी गरे । उनले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए । बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने ५ सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिए । अध्यक्ष थापा मगरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्रामले चाँडै नै मूर्त रुप लिने जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो