Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’-प्राचार्य टिकाराम पुरी

2025 Feb 17 9:05 AM 26

विज्ञापन

Biratkhavar
दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’-प्राचार्य टिकाराम पुरी
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ । फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ । एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कृयाकलाप गर्दै आएको छ । यस अघि कार्निभल गरेको एभरेष्टले यस वर्ष भने एभरेष्ट एजुकेशन एक्जिबिसनका नाममा कार्यक्रम गर्न लागेको हो । विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकास गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राचार्य पुरीले बताउनुभएको छ । ‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीले आफूले सिकेको कुरा व्यवहारत देखाउने कार्यक्रम भएकाले विद्यालयले अभिभावक, शिक्षा प्रेमी महानुभाव र सञ्चारकर्मीहरुलाई समेत प्रदर्शनीको अवलोकन गर्न आह्वान गरेको छ । एभरेष्ट कलेज परिसरमा हुने एक्जिबिसनमा यु.के.जी देखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् । यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते बिहान ११ देखि ३ बजेसम्म हुनेछ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु