Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’-प्राचार्य टिकाराम पुरी

2025 Feb 17 9:05 AM 83

विज्ञापन

Birat Cancer Hospital
दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’-प्राचार्य टिकाराम पुरी
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गर्न लागेको दुई दिवसीय 'एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन वैज्ञानिक डा. विष्णु रायमाझीले गर्ने हुनुभएको छ । फागुन ५ र ६ गते हुने एक्जिबिसनको वरिष्ठ बैज्ञानिक रायमाझीले उद्घाटन गर्ने एभरेष्ट स्कुलका प्राचार्य टिकाराम पुरीले बताउनुभयो । उहाँले उद्घाटनसँगै विद्यार्थीहरुको लागि उत्प्रेरक भनाई समेत राख्ने विद्यालयले जनाएको छ । एभरेष्ट स्कुलले हरेक वर्ष विभिन्न कृयाकलाप गर्दै आएको छ । यस अघि कार्निभल गरेको एभरेष्टले यस वर्ष भने एभरेष्ट एजुकेशन एक्जिबिसनका नाममा कार्यक्रम गर्न लागेको हो । विद्यार्थीहरूको शैक्षिक र सृजनात्मक विकास गर्ने तथा पाठ्यक्रमद्वारा निर्दिष्ट गरिएका प्रयोगात्मक र जीवनोपयोगी शैक्षिक उपलब्धिहरूसँग विद्यार्थीहरूलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राचार्य पुरीले बताउनुभएको छ । ‘ज्ञान सीप र रचनात्मकतासँग भविष्यको आकार’ भन्ने नाराका साथ आयोजना गर्न लागेको एक्जिबिसनमा विद्यार्थीहरुले विज्ञान, कम्प्यूटर विज्ञान, कला कौशल, र अन्य विभिन्न रोचक तथा ज्ञान मूलक विषयवस्तुहरूको प्रदर्शनी गर्ने विद्यालयले जनाएको छ । विद्यार्थीले आफूले सिकेको कुरा व्यवहारत देखाउने कार्यक्रम भएकाले विद्यालयले अभिभावक, शिक्षा प्रेमी महानुभाव र सञ्चारकर्मीहरुलाई समेत प्रदर्शनीको अवलोकन गर्न आह्वान गरेको छ । एभरेष्ट कलेज परिसरमा हुने एक्जिबिसनमा यु.के.जी देखि कक्षा १२ सम्मका २५ सय बालबालिकाले विभिन्न विषयमा आफूहरुले सिकेका कुराहरुको परियोजनाहरुको प्रदर्शन गर्ने छन् । यु.के.जी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ५ गते र कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको प्रदर्शनी फागुन ६ गते बिहान ११ देखि ३ बजेसम्म हुनेछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला