Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आयोजक मोरगं टिम आठौमा प्रबेश, आज सशस्त्र प्रहरी बल र सुबेदा दिल्ली फुटबल टिम बिच फुटबल भिडन्त हुने

2025 Mar 4 11:34 AM 44

विज्ञापन

Birat Cancer Hospital
आयोजक मोरगं टिम आठौमा प्रबेश, आज सशस्त्र प्रहरी बल र सुबेदा दिल्ली फुटबल टिम बिच फुटबल भिडन्त हुने
विराटनगर / आयोजक मोरङ एफसीले  विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गरेको छ । मोरङले  विराटनगरको शहिद मैदानमा भएको रात्रिकालीन विराट गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली भारतको साउर्थन समिति फुटबल क्लब कोलकातालाई ३/२ गोल अन्तरले पराजित गर्दै आयोजक मोरङले संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो हापमा दवै टिमले २/२ गोलको बराबरी खेलेका थिए । खेलको ११ औ मिनेटमा आयोजकका अभिशेक गुरूङले खाता खेलेका थिए । मोरङले शुरुवाती अग्रता लिएको ४ मिनेट वित्न नपाउँदा पाहुना टाली कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल गरे । ३८ औं मिनेटमा कालकाताका अनिमेसले हेड गरेको बलले जारी चुमेपछि खेल २/१ को अवस्थामा पुग्यो । मोरङले पहिलो हाफको अतिरिक्त १२ औ मिनेटमा दोर्जे तामाङले पेनाल्टीबाट गोल गर्दै खेल २/२ को बराबरीमा ल्याए । खेल सकिन १ मिनेट बाकी रहेको अवस्थामा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । उनी खेलको प्लेयर अफ म्याच समेत घोषित भए । प्रतियोगितामा विदेशी दुई टमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ । विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ सहित ट्रफिहात पार्ने छ । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ पुरस्कार राखेको छ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार पुरस्कार रहनेछ भने सर्वाेकृष्ट हुने खेलाडीलाइ नगद ५१ हजार रहेको छ । यसअघि सर्वाेत्कृष्ट खेलाडीलाई मोटसाइकल दिने गरेको थियो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३५ देखि ५० लाख रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सुरु हुनुभन्दा एक घण्टा अगाडी राष्ट्रिय स्तरका कलाकारहरुबाट सांगीतिक कार्यक्रम भएको थियो ।  मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने गोल्डकप संयोजक नवीन रिजालले बताए । प्रतियोगिता फागुन २८ गतेसम्म चल्नेछ । अघिल्लो संस्करणको उपाधि मोरङ ११ ले जितेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो