Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेकपा एमाले मोरगं जिल्लाको १० औ अधिबेशनमा पदाधिकारीहरु बिच कडा प्रतिस्पर्दा हुने, सहमतिको नाममा मतदान धकेलिदै पर सर्दै, दिउसो २ बजे देखि मतदान हुने संकेत

2025 Mar 4 12:14 PM 41

विज्ञापन

Birat Cancer Hospital
नेकपा एमाले मोरगं जिल्लाको १० औ अधिबेशनमा पदाधिकारीहरु बिच कडा प्रतिस्पर्दा हुने, सहमतिको नाममा मतदान धकेलिदै पर सर्दै, दिउसो २ बजे देखि मतदान हुने संकेत
बिराटनगर ।  सहमतिबाट नेतृत्व चयन गर्न  नसकिने भएपछि नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी ओलीसहित नेतााहरुको समर्थन पाएका राजकुमार ओझा र एमालेका सल्लाहकार रहेका विनोद ढकालको समर्थन पाएका अजम्बर राईको नेतृत्वमा सोमबार छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता भएको हो । निर्वाचनमा प्यानल नबनाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीसहितका नेताहरुले नै दबाब दिएका थिए । अधिवेशन उद्घाटनमा बोल्ने उपाध्यक्ष रामबहादुर थापासहितका नेताहरुले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा सांसद र राज्यमन्त्री भएका ओझाले आफूलाई पार्टीको आधिकारिक उम्मेदवार बताउँदै आएका छन् । सो टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् । अध्यक्षको उम्मेदवार बनेका अजम्बर राई पुराना नेता हुन् । उनी जिल्ला समन्वय समितिको सभापति छन् ।  यो टिमबाट उपाध्यक्षमा सागर थापा,  उपसचिवको उम्मेदवार सन्तोष वान्तवा  र अर्का उपसचिव उषा झाको उम्मेदवारी परेको छ । पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमितिको दोब्बर बढिको मनोनयन दर्ता भएको निर्वाचन समितिले बताएको छ । तर, पदाधिकारीबाहेक अन्यको हकमा सर्वसम्मत बनाउने प्रयास भइरहेको बताइन्छ । एमाले अधिवेशको निर्वाचनको निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् । एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मंगलबार दिउसो १ देखि २ बजे भित्र  मतदान हुने जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो