Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन-शंकर पोखरेल,महासचिव

2025 Apr 24 11:42 AM 81

विज्ञापन

Birat Cancer Hospital
जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन-शंकर पोखरेल,महासचिव
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । जनताले जितेको दिन वैशाख ११ गते पार्टीले आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रमको तयारीका सन्दर्भमा सोमबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रव्यापीहरूमा युवाको सहभागिता गराइने उहाँले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्षहरूका साथै जनप्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टीले तय गरेको कार्यक्रमलाई ऐतिहासिक बनाउन देशभरका युवाको सहभागिता आवश्यक रहेकाले राजधानी आउने व्यवस्थित तयारी गर्न निर्देशन दिनुभयो । उहाँले यूथ सेलिब्रेसनमा सबै जनप्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन निर्देश दिनुभयो । स्थानीय युवालाई काठमाडौं ल्याउने काममा पनि अगुवाइ गर्न पोखरेलले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । पार्टीले हरेक वडाबाट कम्तीमा दुईजना युवाको सहभागिता होस् र त्यसमध्ये सम्भव भएसम्म एक जना महिला सहभागी गराउने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो । युवालाई राजनीतिमा जोड्न यो कार्यक्रम महत्त्वपूर्ण हुने उहाँको धारणा छ । यतिबेला प्रतिगामी तथा प्रतिगमनकारी तत्त्वले वर्तमान शासन व्यवस्था र राजनीतिक परिवर्तनप्रति अनास्था र वितृष्णा पैदा गर्ने दुष्प्रयास गरिरहेका उहाँले बताउनुभयो । नेकपा एमाले र यसको नेतृत्वमाथि सङ्गठित र नियोजित रूपमा प्रहार भइरहेको जानकारी दिँदै पोखरेलले गणतन्त्र रक्षाका लागि पार्टी सुरु गरेको सचेतना कार्यक्रमबाट प्रतिगामी हर्कहरू केही मात्रामा निस्तेज भएको धारणा राख्नुभयो । वैशाख ११ गते हुने यूथ सेलिब्रेसनबाट राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा र प्रतिगमनकारी हर्कत सदाका लागि समाप्त पार्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रमबाट युवालाई भविष्यप्रति आशावादी बनाउन चाहेको उहाँले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला