Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन-शंकर पोखरेल,महासचिव

2025 Apr 24 11:42 AM 53

विज्ञापन

Birat Cancer Hospital
जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन-शंकर पोखरेल,महासचिव
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले जितेको दिन वैशाख ११ गते युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । जनताले जितेको दिन वैशाख ११ गते पार्टीले आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ विशेष कार्यक्रमको तयारीका सन्दर्भमा सोमबार आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रव्यापीहरूमा युवाको सहभागिता गराइने उहाँले जानकारी दिनुभयो । पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका अध्यक्षहरूका साथै जनप्रतिनिधिहरूको सहभागिता रहेको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टीले तय गरेको कार्यक्रमलाई ऐतिहासिक बनाउन देशभरका युवाको सहभागिता आवश्यक रहेकाले राजधानी आउने व्यवस्थित तयारी गर्न निर्देशन दिनुभयो । उहाँले यूथ सेलिब्रेसनमा सबै जनप्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन निर्देश दिनुभयो । स्थानीय युवालाई काठमाडौं ल्याउने काममा पनि अगुवाइ गर्न पोखरेलले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । पार्टीले हरेक वडाबाट कम्तीमा दुईजना युवाको सहभागिता होस् र त्यसमध्ये सम्भव भएसम्म एक जना महिला सहभागी गराउने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो । युवालाई राजनीतिमा जोड्न यो कार्यक्रम महत्त्वपूर्ण हुने उहाँको धारणा छ । यतिबेला प्रतिगामी तथा प्रतिगमनकारी तत्त्वले वर्तमान शासन व्यवस्था र राजनीतिक परिवर्तनप्रति अनास्था र वितृष्णा पैदा गर्ने दुष्प्रयास गरिरहेका उहाँले बताउनुभयो । नेकपा एमाले र यसको नेतृत्वमाथि सङ्गठित र नियोजित रूपमा प्रहार भइरहेको जानकारी दिँदै पोखरेलले गणतन्त्र रक्षाका लागि पार्टी सुरु गरेको सचेतना कार्यक्रमबाट प्रतिगामी हर्कहरू केही मात्रामा निस्तेज भएको धारणा राख्नुभयो । वैशाख ११ गते हुने यूथ सेलिब्रेसनबाट राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा र प्रतिगमनकारी हर्कत सदाका लागि समाप्त पार्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रमबाट युवालाई भविष्यप्रति आशावादी बनाउन चाहेको उहाँले बताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?