विराटनगर। निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने/गराउने उदेश्यले प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा (प्रथम पक्ष) र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तर्फवाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारी (दोश्रो पक्ष) बीच सम्झौताका शर्तहरु पालना एवं कार्यान्वयन गर्ने सहमती भई दुवै पक्षबाट सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा प्रहरी कर्मचारीहरुलाई थप सेवा प्रदान गर्ने उदेश्यले ब्यवस्थित तवरले चलिरहेका विद्यालयहरु संग समन्वय र सहकार्य गरी समसामयिक बिषयमा अन्तरकृया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा बोल्नुहुदै प्रदेश प्रहरी प्रमुख अधिकारीले प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाई प्रहरी पेशालाई सम्मानका साथ अगाडी बढाउदै लैजान समाजका बिभिन्न संघ सस्थाहरु संग समन्वय र सहकार्य गरीदै आईएको बताउनुभयो । साथै आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गरेकोमा प्याब्सनका सम्पुर्ण पदाधिकारीहरुलाई हृदय देखि आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, सिनीयर प्रहरी अधिकृत तथा प्याव्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा केन्द्रिय उपाध्यक्ष टिकाराम ढकाल लगायत प्याव्सन कोशी प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) संग समझदारी-पत्रमा हस्ताक्षर
ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1
