Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राविधिक विश्वविद्यालयमा मनमोहन अधिकारीको सम्झना

2025 Apr 29 6:51 AM 68

विज्ञापन

Birat Cancer Hospital
प्राविधिक विश्वविद्यालयमा मनमोहन अधिकारीको सम्झना
विराटनगर । कोशी प्रदेशमा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा लोकतान्त्रिक आन्दोलनका प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ । २६ औ स्मृति दिवसको अवसरमा मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रिय कार्यालयमाौपचारिक कार्यक्रम आयोजना गरि नेपालको बाम लोकतान्त्रिक आन्दोलनका लोकप्रिय प्रधानमन्त्री स्वर्गीय मनमोहनअधिकारीको योगदानको स्मरण गरिएको हो । स्मृतिदिवसको अवसरमा विश्विद्यालयको प्राङगणमा रहेको स्वर्गीय प्रधानमन्त्री अधिकारीको शालिकमा माल्यापर्ण गर्दै बृक्षारोपण पनि गरिएको थियो । स्मृति सभामाविश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी , मुकेश उपाध्याय , रजिष्टार डा दिलनाथ फुँयाल डिन प्राडा प्रचण्डमान प्रधान , निमित्त परिक्षानियन्त्रक भीमप्रसाद काफले ,बाम बृद्धिजिबी केशवप्रसाद गौतम लगायतले नेपालको बामलोक तान्त्रिकआन्दोलन र शिक्षा क्षेत्रमा स्वर्गीय प्रधानमन्त्री मनमोहनको योगदानको स्मरण गरेका थिए । उनीहरुले आदर्श नेता र सफल प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी जीवनोपयोगी शिक्षाका लागि अनुकरणीय व्यक्तिव भएको बताएका थिए । बक्त्ताहरुले स्वर्गीय नेता अधिकारी नेपालको लोकतान्त्रिक राजनीतिमा एक सफल राजनेता मात्रै नभएर शिखर र सम्मानित व्यक्तित्व तथा जनमुखी प्रधानमन्त्री भएको चर्चा गर्दै शिक्षक र विद्यार्थीका लागि अनुकरणीय व्यक्तित्व भएको बताएका थिए। स्वर्गीय नेता तथा पुर्व प्रधानमन्त्री मनमोहनअधिकारीको योगदानलाई स्मरण गर्दैै मनमोहन स्मृति प्रष्ठिानले स्थापना गरेको प्राविधिक शिक्षालयलाई कोशी सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको हो । स्मृतिदिवसको अवसरमा मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारी , कर्मचारी अनि स्थानिय समाजबासेवीहरुको सहभागिता थियो /    

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?