Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडौं विश्वविद्यालयले पीजी परीक्षा बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा हुने

2025 May 2 8:43 AM 47

विज्ञापन

Biratkhavar
काठमाडौं विश्वविद्यालयले पीजी परीक्षा बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा हुने
विराटनगर । काठमाडौं विश्वविद्यालय(केयू) अन्तर्गत स्नातकोत्तर तह (पीजी) का परीक्षार्थीहरूका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ । यससँगै कलेज प्रशासनले परीक्षार्थीहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा–सुविधाहरू उपलब्ध गराएको छ । कलेज प्रशासनले परीक्षाको सम्पूर्ण अवधि भर क्याम्पस भित्रै सुरक्षित र सुलभ बसोबासको व्यवस्था गरिएको छ । परीक्षार्थीहरूले रु छ हजारमा १५ दिनका लागिउपलब्ध आधारभूत होस्टेल कोठा, लगायत अन्य सुबिधाहरु जसमा सफा, शान्त र सुरक्षित वातावरण प्रदान गर्ने छ भने दोस्रो बिकल्पमा दैनिक रु. ३ हजार तिरेर वातानुकूलित निजी रुममा भान्छा सहितको निजी स्टुडियो अपार्टमेन्टको व्यवस्थापनि गरिएको जनाएको छ । दुबै सेवा फस्ट कम फस्ट सर्भिसका आधारमा मात्र उपलब्ध हुने प्रशासनले जनाएको छ । अध्ययन वातावरणको ख्याल राख्दै कलेज परिसरमा रहेको केन्द्रीय चिकित्सा पुस्तकालय बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहनेछ । पुस्तकालयमा आवश्यक सम्पूर्ण सामाग्री सहित उच्चगतिको वाइफाइ, अध्ययन डेस्क र पर्याप्त सन्दर्भ सामग्री उपलब्ध गराउनेछ । परीक्षार्थीहरूले पुस्तकालय प्रवेशकालागि आफ्नो केयू परिचय पत्र वा विश्वविद्यालय कार्ड अनिवार्य रूपमा ल्याउनु पर्नेछ । परीक्षा स्थलहरू विराट मेडिकल कलेज शिक्षण अस्पतालको शैक्षिक ब्लक र क्लिनिकल विभागहरूमा रहनेछन ्। परीक्षाका लागि स्थान र समय तालिका पहिलो परीक्षाको ४८ घण्टा अघि अनलाइन तथा क्याम्पसमा सूचना बोर्डमा टाँसिने समेत स्पष्ट जानकारी गराएको छ । खानपानको सुविधा पनि सहज राखिएको छ । विद्यार्थी मेस, मुख्य क्यान्टिन र क्याम्पस किओस्कमा सन्तुलित खाना, चिया तथा खाजा उपलब्ध हुने छन ्। त्यस्तै, बाह्य खाना डेलिभरी सेवा पनि प्रयोग गर्न सकिनेछ । होस्टेल, पुस्तकालय र क्यान्टिन जस्ता प्रमुख सुविधा केन्द्रहरू पाँच मिनेटको पैदल दूरी भित्र रहेको छ । विशेष स्वास्थ्य, आहार वा पहुँच आवश्यकताहरू भएका परीक्षार्थीहरूलाई सहजीकरण गर्न संयोजक श्री दीप डागा सँग अग्रिम सम्पर्क गर्न अनुरोध गरिएको छ । बसोबास आरक्षण र वित्तीय विवरणका लागि पनि सोही माध्यम प्रयोग गर्न सकिने प्रसाशनले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनले परीक्षा दिन आउने सम्पूर्ण विद्यार्थीलाई स्वागत गर्दै सफल परीक्षा र सुरक्षित बसोबासको शुभकामना समेत व्यक्त गर्दछ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु