Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडौं विश्वविद्यालयले पीजी परीक्षा बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा हुने

2025 May 2 8:43 AM 101

विज्ञापन

Birat Cancer Hospital
काठमाडौं विश्वविद्यालयले पीजी परीक्षा बिराट मेडिकल कलेज शिक्षण अस्पताल बिराटनगरमा हुने
विराटनगर । काठमाडौं विश्वविद्यालय(केयू) अन्तर्गत स्नातकोत्तर तह (पीजी) का परीक्षार्थीहरूका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरलाई परीक्षा केन्द्रका रूपमा तोकिएको छ । यससँगै कलेज प्रशासनले परीक्षार्थीहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै विभिन्न सेवा–सुविधाहरू उपलब्ध गराएको छ । कलेज प्रशासनले परीक्षाको सम्पूर्ण अवधि भर क्याम्पस भित्रै सुरक्षित र सुलभ बसोबासको व्यवस्था गरिएको छ । परीक्षार्थीहरूले रु छ हजारमा १५ दिनका लागिउपलब्ध आधारभूत होस्टेल कोठा, लगायत अन्य सुबिधाहरु जसमा सफा, शान्त र सुरक्षित वातावरण प्रदान गर्ने छ भने दोस्रो बिकल्पमा दैनिक रु. ३ हजार तिरेर वातानुकूलित निजी रुममा भान्छा सहितको निजी स्टुडियो अपार्टमेन्टको व्यवस्थापनि गरिएको जनाएको छ । दुबै सेवा फस्ट कम फस्ट सर्भिसका आधारमा मात्र उपलब्ध हुने प्रशासनले जनाएको छ । अध्ययन वातावरणको ख्याल राख्दै कलेज परिसरमा रहेको केन्द्रीय चिकित्सा पुस्तकालय बिहान ७ बजेदेखि राति १० बजेसम्म खुला रहनेछ । पुस्तकालयमा आवश्यक सम्पूर्ण सामाग्री सहित उच्चगतिको वाइफाइ, अध्ययन डेस्क र पर्याप्त सन्दर्भ सामग्री उपलब्ध गराउनेछ । परीक्षार्थीहरूले पुस्तकालय प्रवेशकालागि आफ्नो केयू परिचय पत्र वा विश्वविद्यालय कार्ड अनिवार्य रूपमा ल्याउनु पर्नेछ । परीक्षा स्थलहरू विराट मेडिकल कलेज शिक्षण अस्पतालको शैक्षिक ब्लक र क्लिनिकल विभागहरूमा रहनेछन ्। परीक्षाका लागि स्थान र समय तालिका पहिलो परीक्षाको ४८ घण्टा अघि अनलाइन तथा क्याम्पसमा सूचना बोर्डमा टाँसिने समेत स्पष्ट जानकारी गराएको छ । खानपानको सुविधा पनि सहज राखिएको छ । विद्यार्थी मेस, मुख्य क्यान्टिन र क्याम्पस किओस्कमा सन्तुलित खाना, चिया तथा खाजा उपलब्ध हुने छन ्। त्यस्तै, बाह्य खाना डेलिभरी सेवा पनि प्रयोग गर्न सकिनेछ । होस्टेल, पुस्तकालय र क्यान्टिन जस्ता प्रमुख सुविधा केन्द्रहरू पाँच मिनेटको पैदल दूरी भित्र रहेको छ । विशेष स्वास्थ्य, आहार वा पहुँच आवश्यकताहरू भएका परीक्षार्थीहरूलाई सहजीकरण गर्न संयोजक श्री दीप डागा सँग अग्रिम सम्पर्क गर्न अनुरोध गरिएको छ । बसोबास आरक्षण र वित्तीय विवरणका लागि पनि सोही माध्यम प्रयोग गर्न सकिने प्रसाशनले जनाएको छ । विराट मेडिकल कलेज शिक्षण अस्पताल प्रशासनले परीक्षा दिन आउने सम्पूर्ण विद्यार्थीलाई स्वागत गर्दै सफल परीक्षा र सुरक्षित बसोबासको शुभकामना समेत व्यक्त गर्दछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला