Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’

2025 Jun 3 1:54 PM 98

विज्ञापन

Birat Cancer Hospital
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि एभरेष्टमा अभिभावक शिक्षाः अभिभावक भन्छन्,‘धेरै कुरा सिकियो’
विराटनगर । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति सुकै राम्रो वातावरण भएपनि अभिभावकले पनि धेरै कुरा जान्नुपर्ने रैछ । झट्ट हेर्दा सामान्य लाग्ने तर त्यसको प्रभाव ठूलो पर्दो रहेछ । धेरै कुरा सिक्न पाइयो ।’ विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुुलले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रममा सहभागि अभिभावक विशाल श्रेष्ठले भन्नुभयो । नर्सरीमा छोरा र कक्षा ५ मा छोरी पढ्दै गरेको बताउनुभएका उहाँले छोराछोरीलाई गलत नगरुन भनेर हप्काउँदा बालमस्तिष्कमा पर्ने असर, मोबाइल र टिभी देखाएर अल्मल्याउदाका नतिजाहरुको बारेमा समेत बुझिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘थाहा नपाई हामीले धेरै गलत अभ्यास गरिरहेका छौं भन्ने बुझ्ने अवसर भयो ।’ यस्तै कक्षा १ मा अध्ययनरत विद्यार्थी रेयांश भण्डारीका बुवा होमनाथ भण्डारीले समेत उत्साही हुँदै भन्नुभयो,‘एकदमै फलदायी कार्यक्रम, यस्तो कार्यक्रम हरेक वर्ष हुनुपर्छ, त्यसले विद्यालय र अभिभावकले बालबालिकासँग गर्ने व्यवहारमा एकरुपता ल्याउने रैछ ।’ स्कुलमा उनीहरु माथि गरिने व्यवहार र घरको व्यवहार एकै किसिमको हुन आवश्यक रहेछ भन्दै उहाँले बालबालिकालाई गर्ने ‘ट्रिट’ र उनीहरुलाई गर्ने मोटिभेसनका तरिकाहरु धेरै सिक्ने अवसर प्राप्त भयो । यस्तै अभिभावक बब्लु सहनीले पनि कार्यक्रमले धेरै सचेत गराएको बताउनुभयो । बालबालिकाको अगाडी अभिभावकले गर्ने डिस्कसले पार्ने असर, बालबालिकाका हरेक माग पुरा गर्दा पर्न सक्ने प्रभाव , उनीहरुलाई डोमिनेट गर्दा हुने सम्भावनाहरुको बारेमा धेरै जानकारी पाइएको बताउनुभयो । अभिभावक शिक्षाको कार्यक्रम पहिलो चरणमा कक्षा नर्सरीदेखि ६ सम्मका अभिभावकलाई दुई दिन सम्म सञ्चालन भएको हो । भाइस प्रिन्सिपल कुन्दन पुरीले यस माथिका कक्षाका अभिभावकहरुलाई पनि चाँडै सञ्चालन गरिने बताउनुभयो । एभरेष्ट स्कुलको सभाहलमा सञ्चालन भएको अभिभावक शिक्षालाई उत्प्रेरक प्रितम पौडेलले सहजिकरण गर्नुभएको थियो । उहाँले बालमस्तिष्कमा पर्ने प्रभाव, अभिभावकहरुले निर्वाह गर्नुपर्ने भूमिका, बालबालिकासँग गर्ने व्यवहार तथा पारिवारिक वातावरणका विषयमा अभिभावकहरुलाई जानकारी गराउनुभएको थियो । अन्तरक्रियात्मक रुपमा सञ्चालित कार्यक्रममा अभिभावकहरुले आफूहरुले गरिरहेको व्यवहार र स्कुलमा चाहेको वातावरणलगायतका विषयमा खुलेर चर्चा गर्नुभयो । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावक शिक्षा अपरिहार्य रहेको महशुष गरेर हरेक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले अन्तर्राष्ट्रियस्तरको शैक्षिक वातावरण बनाउँदै लगेका छौं, तर घरमा अभिभावकहरुले पनि सोहि अनुसारको वातावरण नबनाउँदा अपेक्षाकृत सुधार नहुने भएकाले अभिभावक शिक्षा सञ्चालन गरिएको हो ।’ उहाँले हरेक अभिभावकले आफ्ना बालबालिकाको मनोभाव अनुसारको वातावरण बनाएर उत्प्रेरणा जगाउन आवश्यक रहेको समेत बताउनुभयो । अभिभावक शिक्षा सञ्चालन गरेपछि धेरै अभिभावकहरुले ‘गुड प्यारेन्टिङ’ गर्न थाल्नुभएको छ, त्यसको प्रभाव बालबालिकामा पर्न थालेको छ ।’

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला