Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना – पूर्वाञ्चलमै पहिलोपटक अत्याधुनिक सेवा सुरु

2025 Jun 3 2:17 PM 72

विज्ञापन

Birat Cancer Hospital
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना – पूर्वाञ्चलमै पहिलोपटक अत्याधुनिक सेवा सुरु
बिजय साह, बिराटनगर । स्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक कदम चाल्दै विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलो पटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ । सो अवसरमा आयोजितविशेष कार्यक्रममा चिकित्सा क्षेत्रका विशिष्ट विशेषज्ञहरू, अस्पताल प्रशासन र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभाग प्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधि युक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा एक ठूलो फड्को भएको बताउनु भयो । उहाँले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँयुगको सुरुवात गरेको स्पष्ट पार्नु भयो ।  यसै क्रममा अस्पतालका वरिष्ठ क्यान्सर सर्जनले पेट भित्र फैलिने क्यान्सरको उपचारका लागि अति आवश्यक प्रविधि हाइपेक (HIPEC ) सेवापनि पूर्वमै पहिलोपटक सञ्चालनमा ल्याइएको घोषणा गर्नुभयो । उहाँले यसको माध्यमबाट जीवन रक्षाको सम्भावना उच्च हुने जानकारी दिनुभयो ।  रक्त तथाक्यान्सर रोगविशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले पनिविभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँहरूले अब पूर्वी नेपालका सर्वसाधारणले पनिविश्वस्तरीय सेवा सहजै प्राप्त गर्न सक्ने वातावरण निर्माण भएको बताउनुभयो। संस्थापकअध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यक्रममा बोल्दै भन्नुभयो, –“विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा हामीले सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेका थियौं। न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पनाआजथपमजबुत बनेको छ।”  उहाँले थपभन्नुभयो,-  “स्वास्थ्य सेवा नाफामुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं। गुणस्तरीय सेवा, दक्षचिकित्सक र अत्याधुनिक प्रविधिको संयोजन मार्फत हामी अस्पताललाई अझ सहज रूपमा आमनागरिकको पहुँचमा पु¥याउन चाहन्छौं। हामी चाहन्छौं कि बिरामीहरू उपचारका लागि काठमाडौं वा विदेश जान नपरोस्, सबै सेवा यही विराटनगरमै सहज रूपमा उपलब्ध होस्।” अस्पतालका सीईओ डा. निकिता कार्कीले पनि स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताउनु भयो। उहाँले अस्पताललाई अझ सुविधा सम्पन्न, प्रविधिमैत्री र अनुसन्धान मुखी बनाउने लक्ष्य सहित आगामी दिनहरूमा थप सेवाविस्तार गरिने जानकारी दिनुभयो।  स्वास्थ्य, सेवा र शिक्षाको संयोजन सहित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको यो पहलले निश्चय नै कोशी प्रदेश र समग्र देशका लागि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?