Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर

2025 Jul 3 1:07 AM 79

विज्ञापन

Birat Cancer Hospital
सर्वोच्चद्वारा ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर
काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको रिट खारेज गरिदिएको छ । बुधबार मध्यरातमा अदालतले फैसला सुनाउँदै रिट खारेज भएको जानकारी गराएको हो । अघिल्लो कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संवैधानिक अंगमा ५२ पदाधिकारीको नियुक्ति नै गैरकानुनी भन्दै खारेजीका लागि परेको रिट नै खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार राति फैसला सुनाउँदै यस्तो ठहर गरेको हो । तत्कालीन प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् ९काम, कर्तव्य र अधिकार० सम्बन्धी अध्यादेश’ जारी गर्दै नियुक्ति दिलाएका थिए । ओली नेतृत्वको संवैधानिक परिषद्ले दुई पटक गरी ५२ जना नियुक्त गरेको हो । न्यायाधीशहरुबीच रिट खारेजी कि आदेश जारी गर्ने भन्ने विषयमा राय बाझिएको पाइएको छ । तत्कालीन ओली सरकारले दुईपटकसम्म नियुक्ति गरेको थियो । अघिल्लो नियुक्तिमा न्यायाधीशहरुबीच राय बाझिएको थियो । मङ्सिर ३० को सिफारिस विरुद्ध पुस १ मा परेको रेट निवेदनमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नकुल सुवेदी आदेश गर्ने पक्षमा, सपना प्रधान मल्ल, मनोज शर्मा र कुमार चुडालले रिट खारेज गर्ने पक्षमा राय राखेपछि राय बाझिएको थियो । त्यसपछि बहुमतबाट रिट खारेज भयो। वैशाख २६ मा भएको दोस्रो नियुक्तिको सन्दर्भ अलग भएको भनेर सर्वसम्मतिबाटै रिट खारेज भएको थियो । पाँचै जना न्यायाधीश इजलासमा उपस्थित भएर रिट खारेजीको जानकारी गराएका थिए । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले राय बाझिएको र को –को कुन पक्षमा रहेको भनेर जानकारी गराएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?