Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अन्नपुर्ण केबल्स बिराटनगरले हनुमान मन्दिरका पुजारी झालाई घर निर्माणका लागि दुई लाख आर्थिक सहयोग

2025 Jul 21 1:51 PM 59

विज्ञापन

Birat Cancer Hospital
अन्नपुर्ण केबल्स बिराटनगरले हनुमान मन्दिरका पुजारी झालाई घर निर्माणका लागि दुई लाख आर्थिक सहयोग
असार ३२ गते, बिराटनगर । बिराटनगरको हनुमान मन्दिरमा दैनिक बौदिक बिधीबाट पुजा अर्चना गर्दै आएका ब्रहमाण समाजका पुजारी राजमोहन झालाई बिराटनगर हाटखोला स्थित अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.ले रु. दुई लाख आर्थिक सहयोग गरेको छ । धेरैले पुजा आराधना गर्ने यो हनुमान मन्दिर दिनहुँ घुईचो लाग्ने गर्दछ । धेरै हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र हनसमान मन्दिर पनि एक हो । यस मन्दिरमा लामो समय देखि पुजारीका रुपमा आफनो दैनिक नित्य पुजा पाठ गर्दे आएका पुजारी राजमोहन झालाई अन्नपुर्ण केबल्स इन्डिस्ट्र्जिं प्रा.लि.ले अरु बेला बखत पनि सहयोग गरीरहेको स्वयम् पुजारी झा बताउछन् । निम्न बर्ग र असाह्य ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सि. एस. आर. बाट पुजारी झालाई आफनो निजि घर निर्माणका लागि उक्त रकम प्रदान गरिएको अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.का अध्यक्ष श्याम राठीले बताएका छन् । पुजारी राजमोहन झाको आर्थिक अबस्था कमजोर रहेको र आफै बस्ने घर समेत नभएको अबस्थामा उक्त रकमले सानै भए पनि घर निर्माणमा सहयोग पुग्ने अपेक्षा अन्नपुर्ण केबल्स परिबारले लिएको छ । पुजारी झाको श्रीमति, एक छोरा र एक छोरी छन् । उनले बिराटनगरको इन्द्रणी मार्ग वडा न.१३ मा ५ धुरमा घर निर्माण गर्ने छन् । घर निर्माण भए पछि यो सानो परिबार यही घरमा बस्नेछन् । यस अन्नपुर्ण केबल्सले धेरै गरिब, निमुखा अनि असाह्यहरुलाई बेला बेलामा बिभिन्न क्षेत्रहरुमा आर्थिक तथा केही सामाग्रीहरु दिएर सहयोग गरीरहेको कटहरी गाउँ पालिका वार्ड न. २ स्थित अशोक टोलका इन्द्रजित राजबंशीले बताएका छन् । अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिज प्रा.लि.ले बिभिन्न समयमा सि आर एस अन्तर्गत बिभिन्न सामाजिक क्षेत्रहरुमा सेवा प्रदान गर्दे आईरहेको पनि छ । नेपालका हरेक बन्दै गरेका निर्माण हुदै गरेका बिभिन्न कार्यालय, घर, एपार्टमेन्ट लगायत सरकारी भवनहरुमा यही अन्नपुर्ण केबल्स इन्डस्ट्र्रिजबाट उत्पादित स्वदेशी राठी तार प्रयोग नै प्रयोग गर्ने गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?