Live
| मंगलबार, फागुन २६, २०८२
EN
arya newro
BiraKhabar
समाचार

विश्वविद्यालय शिक्षण अस्पतालको प्रसुति तथा बालरोग अस्पताल शिलान्यास-- मुख्यमन्त्री

Jul 26, 2025 11:21 AM
विश्वविद्यालय शिक्षण अस्पतालको प्रसुति तथा बालरोग अस्पताल शिलान्यास-- मुख्यमन्त्री
बिराटनगर ।  पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसुति तथा बालरोग अस्पताल शिलान्यास गर्नुभएको छ। शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। हाम्रो देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन गर्न सक्ने अवस्था सिर्जना हुने र यसले विदेशबाट आउने विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख उहाँले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले विदेशबाट विद्यार्थीहरू ल्याएर नेपालमा पढाउन सके आर्थिक समुन्नति पनि हुने र पर्यटन प्रवर्धन मा पनि सहयोग पुग्ने पुग्ने चर्चा गर्नुभयो। पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै स्रोतमा यो अस्पताल निर्माण सुरु गरिएको विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले जानकारी दिनुभयो। अहिले पहिलो चरणमा १२ करोड ४ लाखमा लागतमा २०८३ साल पुस महिनामा सक्नेगरी काम सुरु गरिएको जानकारी दिँदै थपलियाले यो अस्पताल पूर्ण निर्माण सम्पन्न गर्न ४३ करोड लागत अनुमान गरिएको बताउनुभयो। उहाँका अनुसार सुन्दर हरैचा स्थित विश्वविद्यालय परिसरमा शिलान्यास गरिएको यो अस्पतालको काम पहिलो चरणको सम्पन्न गरेपछि अरु थप निर्माण सुरु गरिनेछ। पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल स्तर उन्नति गर्न लागि यो अस्पताल निर्माण गरेको हो।
Dhoni Sabuun