Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर

2025 Aug 8 10:37 AM 105

विज्ञापन

Birat Cancer Hospital
शैक्षिक गुणस्तर उकास्न काठमाडौं विश्वविद्यालय र एभरेष्ट स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू)बीच  समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई 'क्रेडिट आवर'को हिसाबले तालिम प्रदान गर्ने छ । उक्त तालिम पश्चात शिक्षकहरुले सोहि अनुसारको डिग्री समेत प्राप्त गर्ने एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले बताउनुभयो । विश्वस्तरीय शिक्षा दिँदै सोहि अनुरुपका जनशक्ति उत्पादन गर्नका लागि केयूसँगको सहकार्य अत्यन्तै फलदायी हुने विश्वास ब्यक्त गर्दै उहाँले केयूले शिक्षक तथा विद्यार्थीहरुको स्तर र मागका सम्बन्धमा त्यस्तै अभिभावकहरुको चाहना र विद्यालय प्रशासनको आवश्यकतालाई आधार मानेर सर्भेक्षण गर्ने छ । त्यसपछि आवश्यकता आधारमा सोहि अनुसारको तालिम प्रदान गर्ने एभरेष्टले जनाएको छ । समझदारी पत्रमा आज एभरेष्टका तर्फबाट प्रिन्सिपल पुरी र केयुका तर्फबाट डिन प्रा.डा. बालचन्द्र लुईटेलले हस्ताक्षर गर्नुभएको छ । एभरेष्टको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने मान्यताका साथ यस विद्यालयले विभिन्न समयमा विभिन्न क्षेत्रका संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । कम्प्यूटर शिक्षाका लागि बेलायतको कोर्ष डिजी स्कुल, आविश्कार तथा अन्वेषणका लागि कारखाना, विद्यार्थीलाई खुसी राख्न ह्याप्पीनेस करिकुलम, माई सेकेण्ड टिचर, रातो बंगला फाउन्डेसनलगायतका संस्थाहरुसँग सहकार्य गर्दै सफल भएका अभ्यासहरूलाई अवलम्बन गर्दै आएको छ ।  केयूसँगको समझदारीसँगै विद्यालयका करिब ६० जना शिक्षकहरुको अध्यापन क्षमतामा थप विकास हुने र उहाँहरुले शैक्षिक उपलब्धिसमेत हासिल गर्ने वातावरण तयार भएको प्रिन्सिपल पुरीले बताउनुभयो । एभरेष्टले शैक्षिक वातावरणसँगै भौतिक संरचनाहरु समेत अन्तर्राष्ट्रिय स्तरको बनाउँदै लगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला