Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

अधिकारको चर्चा गर्दै बुढीगंगाकामहिलाले मनाए तीज

2025 Aug 21 3:54 PM 72

विज्ञापन

Birat Cancer Hospital
अधिकारको चर्चा गर्दै बुढीगंगाकामहिलाले मनाए तीज
विराटनगर । अखिल क्रान्तिकारी महिला संघ बुढीगंगाले अधिकारका वकालत गर्दै तीज पर्व मनाएको छ । टंकीसिनवारी स्थित जेसिज भवनमा सयौ महिलाहरुको सहभागीतमा क्रान्तिकारी महिला संघ बुढीगंगाले हक अधिकारको पक्षमा वकालत गर्दै तीज पर्व हर्षोल्लासका साथ मनाएको हो । माओबादीकेन्द्रिय सदस्य तथा कोशी प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक गीता तिम्सिनाले तीज पर्वलाई अव कुण्ठाका लागि हैन आफनो हक अधिकारको संघर्षर्ला केन्द्रित गरेर मनाउनुपर्नेबताइन । उनले तीज पर्व महिलाहरुका लागि बिशेष दिन भएको तर यसलाई अन्धविश्वासको ढर्रामा सिमित राख्न हुदैनन भनिन । माओबादीकेन्द्रिय सदस्य तथा अनेमसंघ क्रान्तिकारी केन्द्रिय सचिव विनिता घिमिरेले पहिले महिलाहरुले आफुहरुले सहन गर्नुपर्ने ज्यादती वताउन पनि एक बर्ष पर्खेर माइत जानुपर्ने बाध्यता रहेको सुनाउदै तर अब महिलाहरुले घरभित्र र वाहिर हुने कुनैपनि उत्पिडन सहनुहुदैन भनिन ।अखिल कान्तिकारी महिला संघ कोशी अध्यक्ष लता न्यौपानेले महिलाहरु अझै पितृसत्ताको मारमा परिरहेकोले त्यसविरुछद्ध एक भएर संघर्ष गर्नुपर्ने बताइन । माओबादीकेन्द्र कोशीकी सचिव कुमारी राईले महिलाहरुलाई दासी मान्ने चलनको अन्त भैसकेकोले अब आफुले पनि खुलेर संघर्ष गर्दै आफनो अधिकार लिन आग्रह गरिन । कार्यक्रममा सहभागी सयौ आमा दिदी बहिनीहरुले नाचगान गदैृ तीजको अवसरमा जलपान गर्दै शुभकामना अदानप्रदान गरेकाथिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?