Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन तीन खेलमाजित, फाइनलमा दुर्भाग्य पूर्ण हार

2025 Aug 27 10:07 AM 55

विज्ञापन

Birat Cancer Hospital
नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)को उत्कृष्ट प्रदर्शन तीन खेलमाजित, फाइनलमा दुर्भाग्य पूर्ण हार
महेश बस्नेत, अस्ट्रिया । स्वास्थ्यका र भाइचारा लागि खेलकुद भन्ने नाराका साथ अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी)ले आयोजना गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि खेलाडी घाइते भएका कारण आयोजक क्लब उपविजेतामा सीमित हुन पुग्यो । एनईएससीले ३ खेल जित्दा फाइनलमा भने फिनल्याण्ड एचएससी क्लबसित ३–० को हार व्यहोर्नु बाध्य भयो । एनईएससीले एनबीएससीलाई २–०, एचएससीटी स्वीजरल्याण्डलाई २–० र एचएसभीसी जर्मनीलाई २–० को सेटमा पराजित गरेको थियो । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको एनईएससी एकजना खेलाडी घाइते भएका कारण फाइनलमा पराजित हुन बाध्य भएको एनईएससी दिलकुमार घमालले बताए । सन् २०२० मा स्थापना भएको नेपाल युरोपियन स्पोट्र्स क्लब एनईएससीले पछिल्ला प्रतियोगिताहरूमा उल्लेखनीय सफलता हात पारेको छ । सुरुवातमा केवल ४ खेलाडीहरूसँग सुरू भएको क्लब अहिले एक सबल र संगठित टोलीको रूपमा अघि बढिरहेको अध्यक्ष घमालको भनाइ छ । ‘यस वर्षको प्रतियोगितामा क्लबले तीन खेलमा लगातार विजय हासिल गर्दै फाइनल सम्मको यात्रा तय गरेको थियो,’ घमालले भने, ‘तर डेनियल, माइकलको प्रशिक्षणमा टिमले राम्रो गर्दागर्दै पनि एक जना खेलाडीको खुट्टामा समस्या आएपछि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।’ अध्यक्ष घमालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सुश्री सारा, डेनियल, माइकल, टी भली टिम, गल्र्स टिम तथा सबै पाहुनाहरूलाई धन्यवाद दिए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?