Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

थप अर्को अनलाईन- ब्रेकिङ नेपाल डट कम-को औपचारिक रुपमा शुभारम्भ

2025 Aug 27 10:14 AM 64

विज्ञापन

Birat Cancer Hospital
थप अर्को अनलाईन- ब्रेकिङ नेपाल डट कम-को औपचारिक रुपमा शुभारम्भ
विराटनगर । विराटनगरबाट थप नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ । गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’ उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । प्रविधिको बढ्दो प्रयोगले सञ्चार क्षेत्रमा चुनौती देखिएको बताउँदै उनले भनिन्, ‘ब्रेकिङ नेपाल जस्ता मिडियाले समयको मागअनुसार र पाठक र दर्शकको चाहनाअनुसार सामग्रीहरु प्रस्तुत गर्नु आवश्यक छ ।’ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे । सञ्चार क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण बदलिनुपर्नेमा उनको जोड थियो । जोसुकै सरकारमा भए पनि सञ्चार क्षेत्र प्रतिपक्षको भूमिकामा हुने गरेका कारण जहिले पनि सत्तापक्षले सञ्चार माध्यम क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको खरेलको भनाइ थियो । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले राजनैतिक क्रान्ति पूरा भएकाले अब सञ्चार माध्यमहरुले आर्थिक विकास र समृद्धिका मुद्दालाई प्राथमिकता दिनु आवश्यक रहेको औंल्याए । ‘ब्रेकिङ नेपाल डट कमले आर्थिक मुद्दा उठाओस् भन्ने शुभकामना दिन चाहन्छु,’ राठीले भने । गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?